उपचाररत सांसद बराललाई अस्पतालमै भेट्न पुगे मुख्यमन्त्री गुरुङ

समाधान संवाददाता २०७७ जेठ १० गते १८:१४

समाधान संवाददाता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेशका सांसद रामजी बराल (जीवन)को स्वास्थ्य अवस्था बुझ्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका छन् । इन्टरनल हर्नियाबाट ग्रसित भएका सांसदको शल्यक्रिया भएको तेश्रो दिनमा मुख्यमन्त्री गुरुङ प्रतिष्ठानको पोष्ट अप्रेटिभ वार्डमै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

सांसद बरालका माइला छोरा सुजनले बाबुको उपचारबारेमा मुख्यमन्त्रीलाई जानकारी दिए । मुख्यमन्त्री गुरुङले सांसद बरालको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा थप केही आवश्यक सहयोग परेको खण्डमा सहयोग गर्न तयार रहेको सुनाए ।

Advertisement

सांसद बराललाई मनोबल उच्च पार्न आग्रह गर्दै मुख्यमन्त्री गुरुङले चिकित्सकको सल्लाह अनुसार खानपिन र समान्य हिँडडुललाई निरन्तरता दिन सल्लाह दिए ।

नेकपाका नेता समेत रहेका सांसद बरालको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा बिहीबार शल्यक्रिया भएको थियो । सांसद बरालको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापाले बताए ।

Advertisement

शनिबार कास्की माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङ, उपाध्यक्ष कृष्ण कुमारी दवाडी सहितका व्यक्तिहरुले समेत सांसद बरालको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए । सांसद बरालका इष्टमित्र, शुभेच्छुक, विभिन्न संघसंस्थाका पदाधिकारी, विभिन्न राजनीतिक नेता, कार्यकर्ताहरुले फोनबाटै उनको स्वास्थ्य अवस्थाबारे बुझेका छन् ।

तपाईको प्रतिक्रिया