बजेटलाई प्रभावकारी बनाउन प्रदेश सरकारलाई इन्जिनियरिङ एसोसिएसनको सुझाव

समाधान संवाददाता
आगामी आव २०७७/०७८ को नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) गण्डकीले मुख्यमन्त्री पृथ्वीसुब्बालाई सुझाव दिएको छ ।
प्रदेशका विभिन्न विधाका इन्जिनियर, विज्ञ तथा सरोकारवालासँग परामर्श गरी संकलन गरिएको सुझाव पिनले प्रदेश सरकारलाई सुझाव पेस गरेको हो ।
पिनका प्रदेश सभापति बाबुराम भण्डारीले कोरोना महामारीले विश्व नै आक्रान्त रहेका बेला अर्थतन्त्रलाई प्रभावकारी बनाउन सोही किसिमको योजना ल्याउन सरकारलाई सुझाव दिएको बताए । ‘समृद्ध नेपाल निर्माणमा हाम्रो सहयोग पुगोस् भन्ने हेतुले प्रवुद्ध व्यक्तिहरुसँग परामर्श गरी सुझाव संकलन गरेका हौं,’ उनले भने ।
सुझावमा प्रदेशमा विकासका क्षेत्रहरुलाई उकास्न आवश्यक अवधारणाहरु समावेश छन् । कृषि तथा सहकारीमा आत्मर्निभर, स्वास्थ्य क्षेत्रमा दिर्घकालिन सुधार तथा व्यवस्थापन, पर्यटन क्षेत्रका पूर्वाधारहरुको दीगो विकास तथा वातावरण संरक्षणमा सरकारले ध्यान पु¥याउन अनुरोध गरिएको छ ।
शैक्षिक तथा खेलकुद क्षेत्रको उन्नति, भौतिक पूर्वाधार सम्बन्धी सडक, पुलपुलेसा, विद्युत, खानेपानी, नविकरणीय उर्जा,सूचना, प्रविधि तथा विद्युतीकरण, डिजिटलाइज प्रदेशको अवधारणामा सुझाव दिइएको छ ।
सुझाव ग्रहण गर्दै मुख्यमन्त्री गुरुङले विस्तृत अध्ययन गरेर
क्षमताअनुसार कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए । इन्जिनियरिङ क्षेत्रसँगको समन्वयमा महत्वपूर्ण नतिजा हाँसिल गर्न सकिने बताउँदै मुख्यमन्त्री गुरुङले सुझावका लागि धन्यवाद दिए ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया