बजेटलाई प्रभावकारी बनाउन प्रदेश सरकारलाई इन्जिनियरिङ एसोसिएसनको सुझाव

समाधान संवाददाता २०७७ जेठ ११ गते ५:२०

समाधान संवाददाता

आगामी आव २०७७/०७८ को नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) गण्डकीले मुख्यमन्त्री पृथ्वीसुब्बालाई सुझाव दिएको छ ।

प्रदेशका विभिन्न विधाका इन्जिनियर, विज्ञ तथा सरोकारवालासँग परामर्श गरी संकलन गरिएको सुझाव पिनले प्रदेश सरकारलाई सुझाव पेस गरेको हो ।

Advertisement

पिनका प्रदेश सभापति बाबुराम भण्डारीले कोरोना महामारीले विश्व नै आक्रान्त रहेका बेला अर्थतन्त्रलाई प्रभावकारी बनाउन सोही किसिमको योजना ल्याउन सरकारलाई सुझाव दिएको बताए । ‘समृद्ध नेपाल निर्माणमा हाम्रो सहयोग पुगोस् भन्ने हेतुले प्रवुद्ध व्यक्तिहरुसँग परामर्श गरी सुझाव संकलन गरेका हौं,’ उनले भने ।

सुझावमा प्रदेशमा विकासका क्षेत्रहरुलाई उकास्न आवश्यक अवधारणाहरु समावेश छन् । कृषि तथा सहकारीमा आत्मर्निभर, स्वास्थ्य क्षेत्रमा दिर्घकालिन सुधार तथा व्यवस्थापन, पर्यटन क्षेत्रका पूर्वाधारहरुको दीगो विकास तथा वातावरण संरक्षणमा सरकारले ध्यान पु¥याउन अनुरोध गरिएको छ ।

Advertisement

शैक्षिक तथा खेलकुद क्षेत्रको उन्नति, भौतिक पूर्वाधार सम्बन्धी सडक, पुलपुलेसा, विद्युत, खानेपानी, नविकरणीय उर्जा,सूचना, प्रविधि तथा विद्युतीकरण, डिजिटलाइज प्रदेशको अवधारणामा सुझाव दिइएको छ ।
सुझाव ग्रहण गर्दै मुख्यमन्त्री गुरुङले विस्तृत अध्ययन गरेर

क्षमताअनुसार कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए । इन्जिनियरिङ क्षेत्रसँगको समन्वयमा महत्वपूर्ण नतिजा हाँसिल गर्न सकिने बताउँदै मुख्यमन्त्री गुरुङले सुझावका लागि धन्यवाद दिए ।

तपाईको प्रतिक्रिया