काेराेनाले विश्वभर ३ लाख ४१ हजारकाे मृत्यु, ५३ लाखमा संक्रमण

पाेखरा
काेराेना महामारीका कारण विश्वभर ३ लाख ४० हजार ८ सय ७५ जनाको मृत्यु भएको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ । आइतबार बिहानसम्म अमेरिकामा ९७ हजार ४८ जनाको मृत्यु भएको छ।
बेलायतमा ३६ हजार ७ सय ५७, इटालीमा ३२ हजार ७ सय ३५, स्पेनमा २८ हजार ६ सय ७८ फ्रान्समा २८ हजार २ सय १८, ब्राजिलमा २१ हजार ४८ जनाको मृत्यु भएको छ।
आइतबार बिहानसम्म विश्वभर ५२ लाख ८८ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकामा सबैभन्दा बढी १६ लाख २१ हजार ६ सय ५८ जनामा संक्रमण पुष्टि भएकाे छ।
रुसमा ३ लाख ३५ हजार ८ सय ८२, ब्राजिलमा ३ लाख ३० हजार ८ सय ९०, बेलायतमा २ लाख ५८ हजार ५ सय ४, स्पेनमा २ लाख ३५ हजार २ सय ९०, इटालीमा २ लाख २९ हजार ३ सय २७, फ्रान्समा १ लाख ८२ हजार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
विश्वभर २१ लाख २ हजार ५ सय ५७ जना कोरोना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्।
संक्रमणमुक्त हुनेहरुमध्ये अमेरिकामा ३ लाख ६१ हजार २ सय ३९, जर्मनीमा १ लाख ५९ हजार ७ सय १६, स्पेनमा १ लाख ५० हजार ३ सय ७६, इटालीमा १ लाख ३८ हजार ८ सय ४०, ब्राजिलमा १ लाख ३५ हजार ४ सय ३० जना छन्।









मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
लिचिबारी जग्गा घोटाला : पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतको आदेश
पोखरा महोत्सव पुस २९ गतेदेखि हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया