इदका बेला तालिबानले गर्‍याे ३ दिन युद्धविराम

समाधान संवाददाता २०७७ जेठ ११ गते ६:३७

एजेन्सी

Advertisement

विद्रोही संगठन तालिबानले अफगानिस्तानमा ३ दिने युद्धविरामको घोषणा गरेको छ । मुस्लिमहरुको महान पर्व इद उल–फित्रको अवसरमा ३ दिनका लागि युद्धविराम गर्ने सम्बन्धमा तालिबान अफागन सरकारसँग सहमतिमा पुगेको हो ।

आइतबारदेखि सो युद्धविराम लागु भएको छ । पछिल्ला हप्ताहरुमा तालिबान लडाकुले सरकारी सेनामाथिको आक्रमण बढाएका थिए । तर इदलाई लक्षित गरेकार अल्पकालीन युद्धविराम गरेका हुन् ।

Advertisement

अफगानिस्तानका राष्ट्रपति अश्रफ घानीले युद्धविरामको घोषणाको स्वागत गरेका छन् । आफ्ना सुरक्षाकर्मीले सहमतिका शर्तहरुको पालना गर्ने उनले बताएका छन् ।

तीन दिने युद्धविरामलाई दीर्घकालीन शान्ति वा लामो समयदेखि चल्दै आएको युद्ध अन्त्यको प्रस्थान विन्दुका रुपमा प्रयोग गर्न सकिने बताइएको छ ।

Advertisement

सन् २०१८ मा पनि इदलाई लक्षित गरेर यस्तै युद्धविरामको घोषणा भएको थियो, तर त्यसबेला युद्धविराम लम्बिएको थिएन । मुस्लिमहरुको पवित्र महिना रमजान (रमदान) को अन्त्यपछि मनाइने इद अल–फित्रका लागि युद्धविराम भएको हो ।

तपाईको प्रतिक्रिया