इदका बेला तालिबानले गर्याे ३ दिन युद्धविराम

एजेन्सी
विद्रोही संगठन तालिबानले अफगानिस्तानमा ३ दिने युद्धविरामको घोषणा गरेको छ । मुस्लिमहरुको महान पर्व इद उल–फित्रको अवसरमा ३ दिनका लागि युद्धविराम गर्ने सम्बन्धमा तालिबान अफागन सरकारसँग सहमतिमा पुगेको हो ।
आइतबारदेखि सो युद्धविराम लागु भएको छ । पछिल्ला हप्ताहरुमा तालिबान लडाकुले सरकारी सेनामाथिको आक्रमण बढाएका थिए । तर इदलाई लक्षित गरेकार अल्पकालीन युद्धविराम गरेका हुन् ।
अफगानिस्तानका राष्ट्रपति अश्रफ घानीले युद्धविरामको घोषणाको स्वागत गरेका छन् । आफ्ना सुरक्षाकर्मीले सहमतिका शर्तहरुको पालना गर्ने उनले बताएका छन् ।
तीन दिने युद्धविरामलाई दीर्घकालीन शान्ति वा लामो समयदेखि चल्दै आएको युद्ध अन्त्यको प्रस्थान विन्दुका रुपमा प्रयोग गर्न सकिने बताइएको छ ।
सन् २०१८ मा पनि इदलाई लक्षित गरेर यस्तै युद्धविरामको घोषणा भएको थियो, तर त्यसबेला युद्धविराम लम्बिएको थिएन । मुस्लिमहरुको पवित्र महिना रमजान (रमदान) को अन्त्यपछि मनाइने इद अल–फित्रका लागि युद्धविराम भएको हो ।








एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया