गण्डकी प्रदेशको बजेट अधिवेशन सुरु, ढ्यापढ्याप गर्ने टेबुल छैन

समाधान संवाददाता २०७७ जेठ ११ गते १३:२३

समाधान संवाददाता

गण्डकी प्रदेश सभाको बजेट अधिवेशन सभागृहमा आजदेखि सुरु भएको छ । गण्डकी प्रदेश सभाको बजेट अधिवेशन ११ गते आह्वान गर्ने निर्णय गण्डकी प्रदेश मन्त्रिपरिषदको ४ जेठको बैठले गरेको थियो । बैठक १ बजेदेखि सभागृहमा चलिरहेको छ ।

यो अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नेछ । त्यसबाहेक केही विधेयकको तयारी पनि सरकारले गरेको छ । यसअघि २३ पुसमा सुरु भएको प्रदेशको हिउँदे अधिवेशनको अन्तिम बैठक चैत ६ गते डाकिएकोमा सूचना टाँसेर स्थगित भएको थियो ।

Advertisement

कोरोनाका कारण सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले नदीपुरस्थित प्रदेश सभा साँघुरो हुने हुँदा बैठक स्थल सभागृहलाई तोकिएको हो । २५ लाख खर्चेर सभागृह मर्मत गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

ढ्यापढ्याप गर्ने टेबुल छैन

Advertisement

प्रदेश सभाको भवन नदीपुरमा प्रत्येक सांसदहरुका सामुन्ने टेबुल र टेबुलमा माइक हुन्थ्यो । सभागृहमा भने त्यस्तो सुविधा छैन ।

आफूले समर्थन गरेको विषयमा सांसदले टेबुलमा हात ठोकेर ढ्यापढ्याप गर्ने संसदीय चलन हुन्छ । टेबुल नभएको विकल्पमा आफू बसेको आडैको खाली कुर्चीमा उनीहरुले ढ्यापढ्याप गर्न भने सक्छन् ।

भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्

तपाईको प्रतिक्रिया