कोरोना हाम्रा लागि अवसर पनि हुन सक्छ–मुख्यमन्त्री

समाधान संवाददाता २०७७ जेठ ११ गते १७:०९
d'VodGqL u'?ª kf]v/f, @# k'; M u08sL k|b]z;efsf] a'waf/ kf]v/fdf a;]sf] lxFpb] clwj]zgdf dGtJo JoQm ub}{ u08sL k|b]zsf d'VodGqL k[YjL;'Aaf u'?ª . t:jL/ M xl/ af:t]fnf ÷/f;;

समाधान संवाददाता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङले कोरोना भाइरस नेपालका लागि अवसर हुन सक्ने बताएका छन । गण्डकी प्रदेश सभाको बजेट अधिवेशनको पहिलो दिन सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले कोरोना भाइरस चुनौती मात्र नभएर अवसर पनि हुन सक्ने बताएका हुन ।

हाम्रो देश स्वास्थ्यको पूर्वाधारमा निकै कमजोर अवस्वथामा रहेको भन्दै उनले कोरोना भाइरसका कारण स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासका लागि पर्याप्त बजेट बिनियोजन हुनु पर्ने बताए ।

Advertisement

‘मैले त कोरोना भाइरसलाई एउटा अवसरका रुपमा पनि देखेको छु ।’ सम्बोधनका क्रममा मुख्यमन्त्रीले भने–‘सबै जिल्ला अस्पतालहरु अपग्रेड गरिदैछ । तल्लो तहमा पुगेका अस्पताललाई पनि विकास गर्नु पर्नेछ । अहिलेले यस तर्फ ध्यान दिनु जरुरी छ ।’

उनले कोरोना भाइरसका कारण गण्डकी प्रदेशमा के कति नोक्सान भयो भन्ने आँकलन गर्नु अहिलेको मुख्य चुनौती भएको पनि बताए । ‘अहिलेसम्म १९ अर्ब नोक्शान भयो की भन्ने छ । अब जेठ र असार अझै बाँकी छ ।’ मुख्यमन्त्री गुरुङले भने–यसैलाई ध्यान दिएर सरकारको नीति तथा कार्यक्रम र बजेट बनाउनु पर्छ ।

Advertisement

उनले कोरोनाको रोकथाम नियन्त्रण र उपचारमा कति खर्च लाग्छ भन्ने यकिन नभएको भन्दै यदी रकम नपुगेमा विकास आयोजनाको बजेट रकमान्तर गरेर भएपनि खर्च जुटाइने बताए ।

तपाईको प्रतिक्रिया