मुस्ताङका स्वास्थ्यकर्मी तथा पत्रकारको आरडिटी परीक्षण

समाधान संवाददाता २०७७ जेठ ११ गते २१:१२

एसके थकाली
जोमसोम

Advertisement

मुस्ताङमा आइतबार २६ जनाको कोरोना परीक्षण भएको छ । जिल्लाको एक मात्र जोमसोम अस्पतालका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कार्यालय सहयोगी तथा स्थानीय पत्रकार लगायतको आइतबार कोरोना परीक्षण गरिएको हो ।

विश्वव्यापी माहामारीको रुपमा उत्पन्न कोरोना भाइरस (कोभिड–१९) को जोखिम मोलेर अंग्रपंक्तिमा काम गर्दै आइरहेका चिकित्सक, स्वास्थ्यकर्मी तथा मुस्ताङका क्रियाशील पत्रकार लगायतको आरडिटी परीक्षण गरिएको हो । परीक्षण गरिएका स्वास्थ्यकर्मी तथा पत्रकारको रिपोर्ट नेगेटिभ निस्किएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।


यसअघि मुस्ताङमा ७३ जना व्यक्तिको आरडिटी तथा २ जनाको पिसिआर परीक्षण भएको थियो ।यो संगै मुस्ताङमा कुल ९९ जनाले आरडिटी परीक्षण गरेको कार्यालय प्रमुख भण्डारीले बताए ।

पछिल्लो समय कोरोना सन्त्रास बढिरहेको अवस्थामा जिल्लामा कोरोना परीक्षणको दायरा बृद्धि गर्न मुस्ताङका संघीय सासद प्रेमप्रसाद तुलाचनले स्वास्थ्य सेवा विभागको सहयोगमा २ सय थान पिसिआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने भाँडो ( भिटिएम ) तथा ५ सय थान आरडिटी किट उपलब्ध गराएको स्वास्थ्य कार्यालयले बताएको छ ।

Advertisement

स्वाब संकलन गर्ने भिटिएम उपलब्ध भईसकेकाले अब जिल्लाबाट पिसिआर परीक्षण गर्न स्वाब पठाउन कुनै अप्ठ्यारो नपर्ने स्वास्थ्य कार्यालयको भनाई छ । कार्यालयले संम्भावित कोरोना लक्षण देखिएमा स्वास्थ्य संस्था वा कार्यालयमा संम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया