काेराेनाले विश्वभर ३ लाख ४४ हजारकाे मृत्यु, ५४ लाखमा संक्रमण

पाेखरा
कोरोना संक्रमणपछि विश्वभर ३ लाख ४४ हजार ७७ जनाको मृत्यु भएको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सबैभन्दा बढी ९७ हजार ६ सय ८६ जनाको मृत्यु भएकाे छ ।
बेलायतमा ३६ हजार ८ सय ७५, इटालीमा ३२ हजार ७ सय ८५, स्पेनमा २८ हजार ७ सय ५२ जनाको मृत्यु भएकाे छ ।
यसैगरी विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५४ लाख नाघेको छ। ५४ लाख ६ सय ८ जनामा संक्रमण पुष्टि भएको छ।
सर्वाधिक संक्रमण देखिएको देशको सूचीमा अमेरिका नै पहिलो स्थानमा छ। त्यहाँ १६ लाख ४१ हजार ५ सय ८५ जनामा संक्रमण पुष्टि भएको छ। ब्राजिलमा ३ लाख ६३ हजार २ सय ११, रुसमा ३ लाख ४४ हजार ४ सय ८१, बेलायतमा २ लाख ६० हजार ९ सय १६, स्पेनमा २ लाख ३५ हजार ७ सय २२, इटालीमा २ लाख २९ हजार ८ सय ५८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
विश्वभर २१ लाख ६५ हजार ७ सय ८२ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्। तीमध्ये अमेरिकामा ३ लाख ६६ हजार ७ सय ३६, जर्मनीमा १ लाख ६० हजार २ सय ८१, स्पेनमा १ लाख ५० हजार ३ सय ७६, ब्राजिलमा १ लाख ४९ हजार ९ सय ११ जना संक्रमणमुक्त भएका छन्।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया