साढे ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली
समाधान संवाददाता
२०७७ जेठ १२ गते १६:०२

समाधान संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।सोमबार (आज) साँझ साढे ५ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
थापाका अनुसार आज साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्ने तयारी छ । बैठकपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए । सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने छ ।
नेपालले जारी गरेको निशान छाप (राजनैतिक तथा प्रशासनिक नक्सा) परिवर्तन गर्न यसअघिको मन्त्रिपरिषद बैठकले संविधान संसोधन गर्ने निर्णय गरेको थियो ।
सोही अनुरुप नै कानुन मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले संसदमा संसोधनको प्रस्ताव पेस गरिसकेकी छन् । प्रधानमन्त्रीले विशेषतः नक्सा जारी र संविधान संसोधन लगायतका विषयलाई सम्बोधन गर्ने आंकलन गरिएको छ ।
सम्बन्धित








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया