अछाममा भेटिए संक्रमित, नेपालभर कुल ६८२

समाधान संवाददाता २०७७ जेठ १२ गते १६:५०

समाधान संवाददाता
नेपालमा संक्रमितको संख्या तिव्र भइरहेका बेला सोमबार मात्र ७८ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहानको रिपोर्टमा आज मात्रै ७२ जनामा संक्रमण फेला परेको थियो । दिउँसोको अपडेट अनुसार पुनः ६ जना संक्रमित फेला परेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

पछिल्ला संक्रमितहरु अछाम मेललेख गाउँपालिकाका ३२ वर्षीय पुरूष, बर्दिया गुलरिया १० का २२ र २४ वर्षीय पुरूष, २ का १८ वर्षीय पुरूष, पर्सा जिराभवानी गाउँपालिकाका ४ का १८ वर्षीय पुरूष, काठमाडौं १५ घर भएका कलैयामा कार्यरत २८ वर्षीय पुरूष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै संक्रमितको संख्या ६ सय ८२ पुगेको छ। हालसम्म निको भएर फर्किनेहरु १ सय १२ जना पुगेका छन् ।

Advertisement

प्रदेश १ मा २६, प्रदेश २ मा ३४, बागमती प्रदेशमा ११, गण्डकीमा २, प्रदेश ५ मा ३४ र सुदुरपश्चिम प्रदेशमा ५ जना डिस्चार्ज भइसकेको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया