स्याङ्जाका सिडिओ कुरुम्बाङ बाँके खटाइए

समाधान संवाददाता
गृह मन्त्रालयले स्याङ्जाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामबहादुर कुरुम्वाङलाई बाँके सरुवा गरेको छ । स्याङ्जामा सहसचिव हिरालाल रेग्मीको चर्चा चले पनि निर्णय भने भइसकेको छैन ।
मन्त्रालयले ४ जिल्ला बाँके, सप्तरी, पर्वत र जुम्लाका सिडिओको सरुवा क्रममा कुरुम्वाङ बाँके पुगेका हुन् । बाँकेका सिडिओ कुमारबहादुर खड्कालाई भने मन्त्रालयमा तानिएको छ । खड्का अवकाश प्राप्त हुन ३ महिना बाँकी छ ।
कुरुम्वाङ २०७६ कात्तिक १८ गते स्याङ्जा कार्यभार सम्हाल्न आइपुगेका थिए । त्यसअघि उनी बर्दियाको सिडिओ थिए । उनी बर्दिया कार्यरत रहँदा देशभरका सिडिओको कार्यसम्पादन मूल्यांकनमा पहिलो नम्बरमा परेका थिए ।
बाँकेमा पछिल्लो समय कोरोना संक्रमण तीब्र भइरहेका बेला त्यहाँको प्रशासनिक तथा व्यवस्थापकीय सुधारका लागि मन्त्रालयले योग्य ठानेर सरुवा गरेको हुन सक्ने सिडिओ कुरुम्वाङले सुनाए ।
हेरफेर भएको जिल्ला सप्तरीमा गृहले मन्त्रालयकै सहसचिव शंकरहरि आचार्यलाई पठाउने भएको छ । सप्तरीका सिडिओ सुनिल खनाललाई अध्यागमनमा सरुवा गरिएको छ । पर्वतमा शम्भुप्रसाद रेग्मी आउने भएका छन् । पवर्तकी सिडिओ कल्पना घिमिरे नेपाललाई भने चितवनको सहायक सिडिओमा सरुवा गरिएको छ ।
जुम्लामा मन्त्रालयका उपसचिव भूपेन्द्र थापालाई सिडिओमा खटाइएको छ । जुम्लाकी सिडिओ दुर्गा बन्जाडेलाई पाल्पाको सहायक सिडिओमा सरुवा गरिएको छ ।







२ महिनापछि गण्डकी प्रदेशसभा बैठक आज बस्दै
राजनीतिक पाठशालाको सन्देश
‘निजी क्षेत्र हतोत्साहित हुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव’
जलनको पीडा रोकथामप्रतिको उदासिनता
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया