काेराेनाले विश्वभर ३ लाख ४६ हजारकाे मृत्यु, ५५ लाखमा संक्रमण

पाेखरा
कोरोना संक्रमणपछि विश्वभर ३ लाख ४५ हजार ९ सय ६२ जनाको मृत्यु भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सबैभन्दा बढी ९८ हजार २ सय १८ को मृत्यु भएको छ।
बेलायतमा ३६ हजार ९ सय ९६, इटालीमा ३२ हजार ८ सय ७७, फ्रान्समा २८ हजार ४ सय ६० तथा स्पेनमा २६ हजार ८ सय ३४ जनाको मृत्यु भइसकेको छ।
विश्वभर कोरोना संक्रमितको संख्या ५४ लाख ९० हजार ९ सय ५४ पुगेको छ। अमेरिकामा सबैभन्दा बढी १६ लाख ६२ हजार २ सय ५० जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ब्राजिलमा ३ लाख ७४ हजार ८ सय ९८, रुसमा ३ लाख ५३ हजार ४ सय २७, बेलायतमा २ लाख ६२ हजार ५ सय ४७, स्पेनमा २ लाख ३५ हजार ४ सय जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर २२ लाख २८ हजार ९ सय १५ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा अमेरिकामा सबैभन्दा बढी ३ लाख ७९ हजार १ सय ५७ संक्रमणमुक्त भएका छन्।
त्यस्तै, जर्मनीमा १ लाख ६१ हजार १ सय ९९, ब्राजिलमा १ लाख ५३ हजार ८ सय ३३, स्पेनमा १ लाख ५० हजार ३ सय ७६, इटालीमा १ लाख ४१ हजार ९ सय ८१ संक्रमणमुक्त भइसकेका छन्।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया