बालबालिकालाई संस्कार सिकाऔं

समाधान संवाददाता २०७७ जेठ १३ गते १२:२९

डिलकुमारी पौडेल

फुर्सद हुँदा होस या घरमा पढ्दा गृहकार्य गर्दा नै होस् अभिभावकको आँखा छल्न पाए खेल्ने तथा उनीहरुलाई मन लागेका कुरा गरेर बस्न चाहने हुन्छन् बालबालिका । बालबालिका स्वभावैले चञ्चले खालका हुनु स्वाभाविक पनि हो ।जति बालबालिका चन्चले हुन्छन् उति नै तेजिला र फुर्तिला पनि हुन्छन् ।

बालबालिकाहरुको प्रकृति जान्दाजान्दै पनि अभिभावकको गुनासो खाली बच्चा छच्ुचा भए चकचके भए भनेको सुनिन्छ ।कतिलाई बाल प्रकृति तथा मनोविज्ञान थाहा भएर पनि भन्ने गर्दछन् त कतिलाई ज्ञानको कमीले गर्दा यसो भन्ने गर्दछन् ।

Advertisement

प्रत्येक अभिभावकको चाहना बच्चा बच्चा जस्तो नभई स्वयं अभिभावक जस्तो होऊन भन्ने हुन्छ साथै सारा सपना उही अभिभावकको चाहना बमोजिम भइदिए हुन्थ्यो भन्ने लाग्छ । त्यति मात्र नभएर आफ्नो बच्चाको लक्ष्य गर्भबाट नै अभिभावकको हुन्छ ताकि मेरो बच्चालाई डाक्टर, पाइलट, इन्जिनियर आदि बनाउने भनेर ।

जब बच्चा ठूलो हुँदै जान्छ अनि अभिभावकले रोजेको लक्ष्य अगाल्न सक्दैन या आफ्नो मन परेको लक्ष्यलाई नै अगाडि बढाउँछ तब अभिभावकले बच्चाप्रति नै नकरात्मक दृष्टिकोण गर्ने अनि कुबाटोमा गयो भन्ने जस्ता टिकाटिप्पणी गरेको पनि पाइन्छ ।

Advertisement

बालबालिकाले आफ्नोे रोजाइमा भविष्यलाई अगाडि बढाउनु पाउने उनीहरुको नैर्सगिक अधिकार पनि हो ।बालमनोविज्ञानको कमीले गर्दा अभिभावकले आफ्नो बालबालिकाहरुलाई राम्रो गर्छु भन्दा भन्दै पनि झन विकृतिमा धकेलिन पनि सक्छन् ।

जस्तैे उदाहरणका लागि पहिला धेरै सन्तान हुन्थे ।प्राय बुबा आमा खेती किसानीमा व्यस्त हुनु पथ्र्याे ।आमा बुबाको कमै मात्र हेरचाह हुने गथ्र्यो ।प्राय नजिक विद्यालय हुँदैनथ्यो ।लामो समय हिँडेर विद्यालय जानुपथ्र्यो ।

अभिभावकको फोर्स बिना पनि बालबालिकाहरु असल बाटोमा हिँडेर सफलताको शिखर चुम्न सक्षम हुन्थे । अभिभावक काममा जानुपर्नेहुँदा सानै उमेरमा आत्मनिर्भर, परिपक्व र व्यावहारिक हुने गदर्थे । घरेलु कामदेखि वाह्य काम जस्तै खाना पकाउने, ड्रेस धुने, खेतबारीको काम, भाइबैनाको हेरचाह गर्ने आदि सबै आफै गर्दथे र छिटै परिपक्व हुन्थे ।

एसएलसी पास गरेपछि आफू पढ्ने पैसा आफै जुटाउने र भाइबैनीलाई पढाउने जिम्मासमेत लिने गरिन्थ्यो । बिहान बेलुका काम गरेर या गोठालो खेतालो गरेर पनि आफ्नोे भविष्यप्रति चिन्तित हुने गर्थे ।

जसरी समय बदलिरहेको छ त्यसरी नै बालबालिका जन्माउने हुर्काउने अनि शिक्षा दिक्षा संस्कार दिने कुरामा पनि उत्तिकै चुनौती आइरहेको छ । सानो परिवार सुखी परिवार, २ सन्तान ईश्वरका वरदानजस्ता नीति अवलम्बन गरिरहँदा कतिपय कुरा फाइदा त अवश्य भएका छन त्यसमा द्विविधा नहोला तर यसै परिवेशसँगै बालबालिकामा आएको परनिर्भरता भने नर्कान सकिँदैन ।

अभिभावकले दिएको धेरै माया अनि हेरचाहले आफ्नोे सानो काममा समेत ख्याल गर्दैनन् आजकलका बच्चाहरु । फेरि पनि अत्याधिक अभिभावकहरुको मुखबाट यो सुनिन्छ कि मेरो बच्चाले केही काम गर्दैन अनि मेरो बच्चालाई सानो काम पनि आउँदैन भनेर । तर तिनै अभिभावकले सानो झोला पनि बच्चालाई बोक्न नदिने अनि हिड्न सक्ने भए पनि बोकेर हिड्ने गर्दछन् ।

यसैगरि सानासाना काममा बच्चालाई चोट लाग्छ या बिगार्छ भनेर छुन सम्म नदिने आदि ।आजकलका बालबालिकाहरुको दोषभन्दा पनि अभिभावकको बढी प्यारको दोष हुन्छ कि ? किनकि बालबालिका काँचो माटो हुन्यिनीहरुलाई आकार दिने भनेको स्वयं अभिभावकले नै हो ।अभिभावकले नै त्यसको आकार बिगारेको छ भने बनेको माटाको आकारको कुनै खोट हुँदैन।त्यही नै हो आजकलका बालबालिकामा भएको समस्या ।

बदलिदो समय र आधुनिकतासँगै काम व्यस्तताका कारण अभिभावकले बालबालिकालाई समय नदिनु अनि बच्चालाई दिएकोसेवा सुविधा नै बालबालिकाको सर्बेसर्वा ठानिनुले एकातिर अभिभावक र दुरी बढेको छ भने अर्कोतिर पूर्ण परनिर्भर बनेका छन् ।

घरमा पकाइने खानाहरु काम व्यस्तताका कारणले होस या शौखको कारण घरकोभन्दा वाह्य खानेकुरा खादा बच्चाले खाना पकाउने संस्कार समेत नपाउलान भन्न सकिदैन ।यस्तै बाहिरी खानाका प्रभावले एकातिर स्वस्थकर खानाको अभाव अर्कोतिर घरायासी संस्कारमा ह्रास आएको पाइन्छ ।

घरको खाना तथा हरियो तरकारी आदिमा अरुचि गर्ने अनि मन लागेको कुरा माग गर्नै जस्ता बानीको विकास आजकलका बालबालिकामा परेको छ ।

यी सबै कुरा भनिरहँदा सबै बालबालिकाका सबै खराब बानीको विकास भएको अर्थ लगाउनसकिँदैन । तर जति आत्मनिर्भर,सँस्कार र संस्कृतिका कुरा छन् ती कुरा भने कमी नै देखिन्छ भने यसमा पहिलो जिम्मेवार अभिभावकको देखिन्छ भने अर्को फस्टाउँदो विज्ञान प्रविधि कम्प्युटर मिडिया बनेको छ ।

भूत र वर्तमानको तुलना गर्दा पनि पहिला जब अभिभावक काममा व्यस्त हुन्थे बच्चाहरु काम या पढाइमा तल्लीन हुने गर्दथे । अहिलेजस्तो इन्टरनेटको सुविधा नहुँदा फुर्सद भयो कि किताब लिएर पढ्ने गरिन्थ्यो । अभिभावकको बचेको समय बच्चाहरुलाई नै हुन्थ्यो ।

बुबा हजुुरबुबाले फुर्सदमा विभिन्न ज्ञानमूलक श्लोक,कथा सुनाउने गर्दथे र आमा हजुरआमाले संस्कार,संस्कृति तथा सामाजिक मूल्य मान्यताका कुरा सिकाउनेगदर्थे ।तर आजकल व्यस्त जीवनशैलीका अभिभावक अनि विज्ञान प्रविधिको बढ्दो प्रयोग बचेको समय मोबाइल, कम्प्युटर, ट्याब, ल्यापटप, रेडियो, टिभी आदिमा व्यस्त हुँदा कतै बालबालिकातिर ध्यान नगएको त हैन भन्ने भान हुन्छ र यथार्थमा भन्नु पर्दा त्यस्तै पनि देखिएको छ।

इन्टरनेटको प्रयोगले कतै परिवारलाई विभाजित गरेको त हैन भन्ने महसुस भएको छ । वाह्य रुपमा बढी हेरचाहजस्तो देखिए पनि कतै मलजलको सन्तुलन नमिलेको हो कि?जसले गर्दा फक्रँदा कोपिला पूर्ण विकसित र पूर्णरुपमा पाकेर फल दिन नसक्ने त हैनन ?

बालबालिकालाई शिक्षाभन्दा पहिला संस्कारको आवश्यकता हुन्छ ।जहाँ संस्कार र सभ्यताको सुुरुआत हुन्छ त्यहाँ शिक्षादेखि सफल जीवनको गोरेटो निर्माण हुन सक्छ । त्यसैगरी बढ्दो सहरीकरणले गर्दा बच्चाहरु धेरै संकोच र साँधुरो ठाउँमा सीमित भएर बस्नु पर्दा उनीहरुलाई सामाजिक, मानसिक, संवेगात्मक तथा चौतर्फी विकास हुन पाएको छैन ।

न खेल्ने चौर न पार्क न आगँन न चौर न पखेरो छ ।अझ गाउँबाट राम्रो शिक्षा स्वास्थका लागि सहर झरेका जो एउटा कोठा लिएर बस्न बाध्य छन्, उनीहरुका बालबालिका एउटा कोठामा सीमित भएर बस्नु पर्छ ।खेल्ने मनोरञ्जन गर्नु त परै जाओस्।

जसले गर्दा बच्चाको चौतर्फी विकासलाई बाधा पु¥याउँछ । त्यसै गरी मोबाइल, टयाब बच्चाको रहर मात्र नभई अभिभावकले दिनु पर्ने बाध्यता बनेको छ । साँघुरो ठाउँमा बस्नु पर्ने र पर्याप्त खेल्ने ठाँउको अभावहुँदा बच्चालाई अपवादको रुपमा मोबाइल दिँदा मोबाइल दुव्र्यसनजस्तै बनेको छ ।जस्तो मोबाइल नदिए खाना नखाने, भनेको नमान्ने आदि।

मोेबाइलबाट उनीहरुले मनोरञ्जन पाए पनि कतिपय विकृतिका कुराहरु नि सिक्न सक्छन् भने अर्कोतिर बालबालिकाहरुको रचनात्मक तथा सिर्जनात्मक क्षमतामा पनि ह्रास आएको हुन्छ । यसैगरी हुने खाने र हुँदा खाने बालबालिकाको भेदभाव तथा स्तर पनि यही सहरीकरणमा देखिएको छ ।

सहरमाजस्ता मानिसहरु पनि बसेका हुन्छन्।जहाँ एउटै वर्गमा हुर्किएका बालबालिकाहरु हुँदैनन् ।तल्लो वर्गका बालबालिकाको मनोभावमा नकरात्मक प्रभाव परेको हुन्छ । उच्च वर्गका बालबालिकाको जीवनशैलीबाट उनीहरुमा एक किसिमको नैराश्यता पैदा भएको पनि पाइन्छ भने हुने खानेको बच्चाको देखासिकीको कारण निम्न वर्गका अभिभावकलाई आफ्नोे बच्चाको माग पूरा गर्न गाह्रोे परेको देखिन्छ ।

यसैगरी सहरीकरण र आधुनिकताको प्रभाव र संस्कारको कमीको कारण सानो उमेरमा नै बालबालिकाहरु कुलतमा फसेको र अझ बढी फस्ने सम्भावना दखिन्छ । फेरि घरमा तथा विद्यालयमा बालमैत्री वातावरण भनेर छुट दिँदा बालबालिकाहरुलाई अनुशासनको दायरामा ल्याउन कठिनदेखिन्छ ।

यी समस्या अनि चुनौतीका बाबजुद बच्चाहरुलाई सकभर फुर्सदको समय सामाजिक मूल्य र मान्यताका कुराहरु सिकाउनु पर्दछ । प्राय आजकलका बालबालिकालाई प्रशस्त समय हुन्छ ।त्यसैले सानोतिनो बच्चाले सक्ने काम जस्तै आफ्नोे कपडा आफै मिलाउने,चिया पकाउने,तरकारी बारीमा पानी राख्ने आदि काम उनीहरुलाई गर्न लगाउनुपछ ।

यसैगरि उस्तै उमेर समूहका बच्चालाई कसले राम्रो र छिटो गर्ने भनेर प्रतिष्पर्धा गर्ने, छिटो र राम्रो गर्नेलाई इनाम तथा स्वाबासी दिएर प्रोत्साहित बनाउन सकिन्छ ।यसको साथै घरको काम कर्तव्य र नैतिक कुराहरुलाई ध्यान दिन लगाउनु पर्दछ ।

कतिपय अभिभावकहरु आफू व्यस्त हुने तर बच्चालाई पढ मात्र भन्ने गरेको पाइन्छ तर बच्चालाई बोलीले मात्र हैन व्यवहारले नै परिवर्तन गराउन सकिन्छ ।जस्तो सँगै ब्रस गर्ने,मुख धुने,हात धोएर खाना खाने आदि । जसले गर्दा बच्चाको आदतमा छिटो परिर्वतन ल्याउन सकियोस् ।

मानिस सामाजिक प्राणी भएकोले सामाजिकीकरणका कुराहरु पनि बच्चालेघरबाटै सिक्नु पर्दछ ।बालबालिकाको पहिलो पाठशाला पनि उसको घर हो ।त्यसैले अरुलाई आदर सत्कार गर्ने,सहयोग गर्ने,मिठो बोल्ने,साइनो अनुुसार नाता लगाएर बोल्ने आदि कुराहरुको विकास परिवारबाट नै हुनु पर्छ ।

आधुनिकताले देख्दा भव्य मात्र हैन सभ्य पनि बन्न सिकाओस् । जुन वातावरण केबल परिवारबाट मात्र सम्भव हुन्छ ।बच्चाहरुलाई विज्ञान प्रविधि अभिशाप मात्र हैन बरदान पनि हो तर सही सदुपयोग गरे मात्र बरदान हुन सक्छ ।

त्यसैले अभिभावकले सधैँ आफ्ना बालबालिकालाई खेल्ने, पढ्ने मनोरञ्जन गर्ने समय तालिका बनाएर बिशेष ख्याल गर्नु पर्दछ ।मोबाइल ट्याब दिँदा एउटै समयमात्र निर्धारण गरिदिनु पर्दछ ।मोबाइल, टिभीमा बालबालिकाले हेर्न लायक कुराहरु के कस्ता हुन्छन् भन्ने कुरा अभिभावकलाई जानकारी हुनु आवश्यक हुन्छ ।

सकेसम्म बच्चाहरु दुखी हुने खालका समाचार सुनाउनु हुँदैन जसले बच्चाको मनोबल गिरोस् । त्यसैले समय बदलिन्छ,परिवेश बदलिन्छ । विज्ञान र प्रविधि अघि बढ्दै जान्छ तर अभिभावकहरुले आफ्नो बालबालिकाहरुलाई संस्कृति, सभ्यता र संस्कार यही विज्ञान प्रविधि सँगसँगै दौडाउन सक्नुपर्छ ताकि प्रविधिले संस्कारलाई छल्न नसकोस् ।

तपाईको प्रतिक्रिया