गण्डकी प्रदेशका १६ सय जनाको सीमाबाट उद्धार

समाधान संवाददाता २०७७ जेठ १३ गते १५:४५

समाधान संवाददाता

Advertisement

कामको सिलसिलामा भारतको विभिन्न ठाउँमा पुगेका १६ सयभन्दा बढीको उद्धार गरिएको छ ।

कोरोना भाइरसका कारण भारतमा लकडाउन भएपछि घर फर्किन पाउने आशमा सीमामा अलपत्र परेका गण्डकी प्रदेशका विभिन्न जिल्लाका १६ सय बढीको उद्धार गरिएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

प्रदेश भित्रिने विभिन्न ३ नाकाबाट उनीहरुको उद्धार गरिएको डिआइजी घनश्याम अर्यालले जानकारी दिए ।

१० हजारको कोरोना परीक्षण

Advertisement

गण्डकी प्रदेशमा हालसम्म साढे ९ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ । प्रदेशमा पिसिआर र आरडिटी दुवै विधिबाट गरेर ९ हजार ७ सय १६ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

२ हजार १५ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । २ हजार ४४ जनाको स्वाब संकलन गरिएको भए पनि २९ जनाको रिपोर्ट आउन बाँकी छ । हालसम्म गण्डकी प्रदेशमा ७ हजार ७ सय १ जनाको आरडिटीमार्फत कोरोना परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया