वडाध्यक्ष नेपालीले गरे राहत खर्च सार्वजनिक

समाधान संवाददाता २०७७ जेठ १३ गते १६:०१
sdr

पाेखरा

पोखरा महानगरपालिका–५ ले बन्दाबन्दीले समस्यामा परेका विपन्न परिवारलाई वितरण गरेको राहत रकम सार्वजनिक गरेको छ ।

वडाले जनप्रतिनिधि, टोल विकास संस्था, राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीबीच सामाजिक दूरी कायम गरेर वडाध्यक्ष धनबहादुर नेपालीले २२ लाख २८ हजार राहतमा खर्च भएको म‌ंगलबार सार्वजानिक गरे ।

उनले वडाभित्र रहेका स्थायी अस्थायी बसोबास गरेका रु एक हजार ३५८ परिवारलाई (फुल प्याकेज ३०१) र (एक हजार ५७ जनालाई आधा प्याकेज) राहत वितरण गरिएको जानकारी दिए ।

Advertisement

राहतका लागि पोखरा महानगरले ९ लाख ८४ हजार आर्थिक सहयोग गरेको थियो भने अन्य संघसंस्थाले आर्थिक तथा खाद्य सामग्री उपलब्ध गराएका थिए । बन्दाबन्दीमा विभिन्न स‌ंघसंस्थाले पाँच हजार ३०० लाई प्याकेजिङ खाना खुवाएका छन् । चार परिवारबाट २ लाख ८१ हजारको घरभाडा छुट गरिएको छ ।

तीन सडक बालबालिकालाई लुम्ले बाल विकास केन्द्रमा व्यवस्थापन गरेको वडाले जनाएको छ । त्यसैगरी विदेशबाट आएका १४ जनाको आरडिटी गरिएको छ भने सो अवधिमा अस्थायी रोजगार सिर्जना गरेर रु ६५ हजार ज्याला भुक्तानीसमेत गरिएको छ ।

Advertisement

अपांगता, बिरामी, घर आगलागी भएका, मृत्यु संस्कारमा रहेका १४ परिवारलाई वडा समितिले विपद् व्यवस्थापनअन्तर्गत २७ हजार आर्थिक सहयोग गरेको छ ।

पोखरा महानगरपालिकाको कोरोना रोकथाम व्यवस्थापन समिति र राहतकोष स्थापना भएलगत्तै वडाले व्यवस्थापन समिति गठन गरी सर्वदलीय, बैठक र टोल विकास संस्थाबीच बैठक गरेर वडामा बस्ने विपन्न परिवारलाई राहत वितरण गरेको सो अवसरमा जानकारी दिइएको थियो । –––

तपाईको प्रतिक्रिया