कर्मचारी सञ्चय कोषले थाल्यो अनलाइन भुक्तानी सेवा

पाेखरा
कर्मचारी सञ्चय कोषले मंगलबारदेखि सेवाग्राहीलाई विद्युतीय प्रणालीमार्फत विशेष सापटी सेवा उपलब्ध गराउन शुरु गरेको छ ।
कोरोना सङ्क्रमणको जोखिम फैलन नदिन सरकारले जारी राखेको ‘लकडाउन’का कारण सार्वजनिक यातायात र हिँडडुलमा भएको असहज अवस्थालाई मध्यनजर गर्दै कोषले घर तथा कार्यालयमै बसेर सरल र प्रभावकारी सेवा दिने लक्ष्यका साथ उक्त योजना कार्यान्वयनमा ल्याएको हो ।
कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठका अनुसार मंगलबार दार्चुला र ललितपुरस्थिति बैंकमा रहेको सञ्चयकर्ताको खातामा रकम जम्मा गरी विशेष सापटी बापतको रकम अनलाइनमार्फत प्रदान गरेको हो । कोषले शुरु गरेको अनलाइन विशेष सापटी सेवालाई निरन्तरता दिने र यो सेवा लिनका लागि विशेष सापटी लिन योग्यता पुगेका व्यक्तिगत विवरण अद्यावधिकजस्ता विषय अनिवार्य रहेको जनाइएको छ । लकडाउनको समयमा सेवाग्राहीलाई सहजरुपमा सापटी दिन सकियोस् भन्ने ध्येयका साथ कोषले उक्त योजना सञ्चालनमा ल्याएको हो ।






फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
३२ पिन्ट रगत संकलन
म्याग्दीको सौगातः टिमुरका परिकार
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया