विश्वभर काेराेनाले ३ लाख ५० हजारकाे मृत्यु, ५६ लाखमा संक्रमण

पाेखरा
कोरोना संक्रमणपछि विश्वभर ३ लाख ४९ हजार ८ सय ९४ जनाकाे मृत्यु भएकाे छ ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित बुधबार बिहानसम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ। त्यहाँ ९८ हजार ८ सय ७५ को मृत्यु भइसकेको छ।
बेलायतमा ३७ हजार १ सय ३०, इटालीमा ३२ हजार ९ सय ५५, फ्रान्समा २८ हजार ५ सय ३३ जनाको मृत्यु भइसकेको छ।
यसैगरी विश्वभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ५५ लाख ८४ हजार ९१ पुगेको छ। अमेरिकामा सबैभन्दा बढी १६ लाख ८० हजार ३ सय १ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ब्राजिलमा ३ लाख ९१ हजार २ सय २२, रुसमा ३ लाख ६२ हजार ३ सय ४२, बेलायतमा २ लाख ६६ हजार ५ सय ९६, स्पेनमा २ लाख ३६ हजार २ सय ५९, इटालीमा २ लाख ३० हजार ५ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर २२ लाख ८४ हजार २ सय ४२ जना संक्रमित अहिले संक्रमणमुक्त भइसकेका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै धेरै छ। त्यहाँ ३ लाख ८४ हजार ९ सय २ जना संक्रमणमुक्त भएका छन्।
जर्मनीमा १ लाख ६१ हजार ९ सय ६७, ब्राजिलमा १ लाख ५८ हजार ५ सय ९३, स्पेनमा १ लाख ५० हजार ३ सय ७६ जना संक्रमणमुक्त भएका छन्।
भारतमा डेढ लाखमा संक्रमण
भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५० हजार नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा १ लाख ५० हजार ७ सय ९३ मा संक्रमण पुष्टि भएको छ।
भारतमा ४ हजार ३ सय ४९ जनाको संक्रमणपछि मृत्यु भएको छ। ६४ हजार २ सय ७७ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्।
सर्वाधिक संक्रमण फैलिएका देशको सूचीमा भारत १० औं स्थानमा छ। भारतभन्दा अघि क्रमशः टर्की, जर्मनी, फ्रान्स, इटाली, स्पेन, बेलायत, रुस, ब्राजिल र अमेरिका छन्।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया