संविधान संशोधनको प्रस्तावमा राप्रपाको समर्थन

रासस
राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान सशोधनसम्बन्धी सरकारको प्रस्तावलाई समर्थन गर्ने भएको छ ।
पार्टी अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीको बैठकले विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
बैठकले निशान छाप परिवर्तन गर्न संसद्मा पेश भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख धु्रवबहादुर प्रधान र भास्कर भद्राद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको भूभाग समेटेर जारी गरेको उक्त नक्सा निशान छापमा समावेश गर्न सरकारले यही जेठ ९ गते संविधान संशोधन विधेयक सङ्घीय संसद्मा दर्ता गराएको थियो ।
नेपालको संविधानको अनुसूची–३ मा निसान छाप समावेश छ । नेपालको उक्त भूभाग भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक नक्सामा समावेश गरी मानसरोवर जाने सडकसमेत निर्माण गरेपछि नेपाल सरकारले विरोध जनाउँदै तत्काल नक्सा सच्याउन गम्भीर ध्यानाकर्षण गराएको थियो ।
सरकारले संविधान सशोधन विधेयकको पक्षमा राष्ट्रिय सहमति कायम गर्न सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरुसँग उक्त विषयमा समान धारणा बनाउने प्रयास गरिरहेको छ ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया