तनहुँमा १० लाख बिरुवा उत्पादन

समाधान संवाददाता २०७७ जेठ १५ गते १:२८

तनहुँ, १४ जेठ

डिभिजन वन कार्यालय तनहुँले यस वर्ष १०लाख बिरुवा उत्पादन गरेको छ । जिल्लाका झाडी हटाएर उत्पादनशील वन बनाउने उद्देश्यले बिरुवा उत्पादन गरिएको हो ।

कार्यालय परिसरको नर्सरीमा २ लाख २५ हजार बिरुवा उत्पादन गरिएको कार्यालय तनहुँका सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए । त्यसैगरी व्यास नगरपालिका सब डिभिजन खहरेले तीन लाखको हाराहारीमा बिरुवा उत्पादन गरेको छ ।

Advertisement

अन्य पाँच सब डिभिजन कार्यालयले आफ्नो क्षमतानुरुप नर्सरीमा बिरुवा उत्पादन गरेको उप्रेतीले बताए । पशुपालन तथा मौरीपालन पेशालाई आयआर्जनमा सहज बनाउन र बाँझो जग्गा नराख्ने गरी सर्वसाधारणलाई निःशुल्क बिरुवा वितरण गर्ने गरिएको छ ।

बहडर, टाँकी, इपिल, म्यान्डोला लगायत घाँसका बिरुवा र रुख कटहर, अम्बालगायत फलफूलका बिरुवा गरी ३० जातका बिरुवा उत्पादन गरिएको सहायक वन अधिकृत उप्रेतीले बताए ।

Advertisement

गत वर्ष उक्त कार्यालयले छ लाख विभिन्न जातका बिरुवा उत्पादन गरेर निःशुल्क वितरण गरेको थियो । नर्सरीमा बिरुवा तयारी अवस्थामा रहेकाले आगामी असारको पहिलो सातादेखि वितरण सुरु गरिने बताइएको छ । रासस

तपाईको प्रतिक्रिया