अमेरिकामा काेराेनाले १ लाख ३ सय जनाकाे मृत्यु

समाधान संवाददाता २०७७ जेठ १५ गते ६:२७

पाेखरा

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा १ लाख २ सय ७६ जनाको मृत्यु भएको हो।

Advertisement

विश्वभर कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्याको आधारमा अमेरिकामा मात्रै २८ दशमलव २४ प्रतिशतको मृत्यु भएको छ।

विश्वभर अहिलेसम्म ३ लाख ५४ हजार ९ सय ८३ जनाको कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ।

Advertisement

त्यहाँ १६ लाख ९८ हजार ५ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, अमेरिकामा ३ लाख ९१ हजार ५ सय ८ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्।

तपाईको प्रतिक्रिया