विश्वभर ५७ लाख जनामा काेराेना संक्रमण

समाधान संवाददाता २०७७ जेठ १५ गते ६:४१

पाेखरा

विश्वभर ५६ लाख ८५ हजार ५ सय १२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी छ । अमेरिकामा १६ लाख ९८ हजार ५ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ।

Advertisement

ब्राजिलमा ४ लाख ११ हजार ८ सय २१, रुसमा ३ लाख ७० हजार ६ सय ८०, बेलायतमा २ लाख ६८ हजार ६ सय १९, स्पेनमा २ लाख ३६ हजार २ सय ५९, इटालीमा २ लाख ३१ हजार १ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ३ लाख ५४ हजार ९ सय ८३ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। अमेरिकामा मात्रै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ। त्यहाँ १ लाख २ सय ७६ जनाको मृत्यु भएको हो।

Advertisement

विश्वभर कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्याको आधारमा अमेरिकामा मात्रै २८ दशमलव २४ प्रतिशतको मृत्यु भएको छ।

बेलायतमा ३७ हजार ५ सय ४२, इटालीमा ३३ हजार ७२, फ्रान्समा २८ हजार ५ सय ९९, स्पेनमा २७ हजार १ सय १७, ब्राजिलमा २५ हजार ५ सय ९८ जनाको मृत्यु भइसकेको छ।

विश्वभर २३ लाख ४७ हजार २ सय ७६ जना संक्रमित अहिले संक्रमणमुक्त भइसकेका छन्।

ब्राजिलमा १ लाख ६६ हजार ६ सय ४७, जर्मनीमा १ लाख ६२ हजार ८ सय २०, स्पेनमा १ लाख ५० हजार ३ सय ७६, इटालीमा १ लाख ४७ हजार १ सय १, रुसमा १ लाख ४२ हजार २ सय ८ जना संक्रमणमुक्त भएका छन्।

तपाईको प्रतिक्रिया