मृत्युपछि मात्र काेराेना पुष्टि, नेपालमा काेराेनाले ५ जनाकाे ज्यान लियाे
समाधान संवाददाता
२०७७ जेठ १५ गते ६:५१

पाेखरा
नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या ५ पुगेको छ।
ललितपुरको किस्ट अस्पतालमा १ पुरुषको कोरोना संक्रमणका कारण बुधबार निधन भएको हाे । उनी ५६ वर्षका थिए।
कलेजो संक्रमणका बिरामी ती पुरुष गत जेठ १२ गते किस्ट अस्पताल भर्ना भएका थिए। उनको घर ललितपुर महानगरपालिका २२, बुङ्मतिका हुन् ।
किस्ट अस्पतालमा भर्ना भएका उनको स्वाब संकलन गरिएर परीक्षणका लागि टेकु पुर्याइएको थियो।
निधनको केहीबेरपछि टेकुबाट आएको रिपोर्टमा उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो।
उनकाे निधनपछि अस्पताल सिल गरिएकाे छ ।
नेपालमा यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी र बारामा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भइसकेको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया