गण्डकीमा संक्रमितको संख्या १६ पुग्यो, नवलपुरका १ जनामा संक्रमण
समाधान संवाददाता
२०७७ जेठ १५ गते ८:२७
नवलपुरका १ जना पुरुषमा कोरोना पुष्टि भएको छ । नवलपुरको देवचुली नगरपालिकाका १९ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
चितवनस्थित भरतपुर कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा नगरपालिकाको क्वारेन्टाइनमा बसेका ती पुरुषमा कोरोना पुष्टि भएको हो । ती पुरुषलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
नयाँ संक्रमितसँगै नवलपुरमा संक्रमितको संख्या ३ भएको छ । गण्डकीमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । स्याङ्जामा बिहिबार बिहानै ३ जनामा कोरोना पुष्टि भएको छ ।
अहिलेसम्म स्याङ्जाका ५, बागलुङका ८, नवलपुरका ३ जनामा कोरोना देखिएको छ । १६ मध्ये बागलुङका १९ वर्षकी युवती र ६५ वर्षकी वृद्ध निको भएर चैत दोस्रो साता नै घर फर्किसकेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया