स्याङ्जाका संक्रमितसँग ५४ जना एउटै गाडीमा थिए

अर्जुन काफ्ले, स्याङ्जा
स्याङ्जाको वालिङस्थित क्वारेन्टाइनमा रहेका ३ संक्रमित भारतबाट जेठ ११ गते दिउँसो वालिङ आएका हुन् ।
विभिन्न साधन प्रयोग गर्दै सुनौलीसम्म आएका उनीहरु सुनौलीबाट एउटै बसमा वालिङ सम्म आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाका ८ पालिकाका ५४ जना एकैपटक एकै समूहमा स्याङ्जामा आएको प्रहरीले जनाएको छ ।
संक्रमित पुष्टि भएकासँगै आउनेमध्ये वालिङ नगरपालिकाका मात्रै २९ जना रहेका छन् भने चापाकोटका ६ जना, गल्याङ्का ८ जना, बिरुवाका ४ जना, हरिनाश २ जना, फेदीखोलाका १ जना, भीरकोटका ३ जना र अर्जुन चौपारीका १ जना रहेको जिल्ला प्रहरी कार्यालयका प्रमख एसपी विमलराज कँडेलले जानकारी दिए ।
वालिङमा रहेका मध्ये १५ जनाको पिसिआर परीक्षणका लागि बुधबार स्वाव पठाइएकोमा तिन जनामा कोरोना भाइरस पुष्टि भएकोे हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख याम प्रसाद शर्माले जानकारी दिए ।
जेठ ११ गते भारतबाट ठूलो समूहमा जिल्ला आएका वालिङ नगरपालिका ७ घर भएका उनीहरु नगरपालिकाकै क्वारेन्टाइनमा बस्दै आएका छन् ।
बिहीबार पुष्टि भएका संक्रमितमा २२ र २६ वर्षका २ जना पुरुष तथा ३९ वर्ष की १ जना महिला छन् । संक्रमित ३ जनालाई नै सदरमुकामा रहेको जिल्ला अस्पतालमा आइसोलेसनमा ल्याइएको छ ।
गण्डकीमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । अहिलेसम्म स्याङ्जाका ५, बागलुङका ८, नवलपुरका ३ जनामा कोरोना देखिएको छ । १६ मध्ये बागलुङका १९ वर्षकी युवती र ६५ वर्षकी वृद्ध निको भएर चैत दोस्रो साता नै घर फर्किसकेका छन् ।







सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया