डाक्साप आउनुहोस् सग्लो नेपालको नक्सा कोर्न

समाधान संवाददाता २०७७ जेठ १५ गते ११:५२

विष्णु गौतम

दुुई हप्ता पहिला भारतले नेपालको पश्चिमी सीमामा पर्ने लिपुलेक हुँदै तिब्बतको मानसरोवर यात्राको नाममा सडक विस्तार गर्‍यो । नेपाली भूमिमा भारतीय सरकारले निर्माण गरेको यो बाटोको मात्रै कुरा थिएन, राष्ट्रियताको कुरा विशेष थियो ।

त्यसैले भारतको यो कदमका बारेमा दुुई/चारजनाबाहेक सबैले विरोध जनाए अनि सरकारले पनि पहिलोपटक संसदबाटै भारतको विरोधमा आधिकारिक विरोध दर्ता गर्‍यो । भारतले नेपाली भूमि अतिक्रमण गरेको जग्गा समेतलाई समेटेर नेपालले नयाँ नक्सा सार्वजनिक गर्‍यो ।

Advertisement

जब नेपालले भारतीय रबैयाको खुलेर विरोध गर्‍यो, यसको पक्षमा संसारभरका नेपाली एक भए । विडम्वना कुनै समयमा भारतीय विस्तारवादको कडा आलोचक बाबुराम भट्टराईले एकाएक भारतीय मिचाहा प्रवृत्तिको पक्षमा वकालत गरे ।

सबै नेपालीहरु अचम्ममा परे के बाबुरामले साँच्चीकै यस्तो बोलेका हुन् त ? उनकै विद्वता र तार्किक क्षमतालाई बेच्दै नेपालमा माओवादीको जनआन्दोलन सफल र उत्कर्षमा पुुगेको हो ।

Advertisement

हो बाबुरामकै विद्वताको प्रशंसा गर्दै म पनि निमावि स्तरको कक्षा बहिस्कार गरेर माओवादी आन्दोलनमा लागेको थिएँ । त्यतिबेला मलाई लागेको थियो २०२६ सालको एसएलसी टपर जो कहिल्यै दोस्रो भएन अनि पिएचडी गरेको मान्छे लागेको अभियानमा लाग्दा कुनै गल्ती हुँदैन ।

तपाईंको नेतृत्वमा गद्दारहरुको गर्दन खुकुरीले छप्काउँदै नेपाली भूमि फिर्ता ल्याउने अभियान सञ्चालन गरौं जसरी माओवादी आन्दोलन सुरु गर्नु भएको थियो ।

जब तपाईंलाई बुझ्दै गएँ अनि लाग्यो पढ्नुभन्दा बुुझ्नु ठूलो कुरा रहेछ । हो तपाईंको अनुहार र विद्वताको फलो गर्दै म माओवादी आन्दोलनमा लागेको थिएँ। बीचबीचमा तपाईंमा पार्टीगत रुपमा नैतिक आचरण खराब देखिएर पार्टीले आन्तरिक कारबाही गर्दा पनि मेरो एरियामा बाबुराम भट्टराईको भक्तको रुपमा उभिने ममात्रै थिएँ । तर आज गर्वका साथ भन्नुपर्ने कुरा मसिनो आवाजमा भन्नु परेको छ ।

सामान्य नेपालीले लिने डिग्री मैले पनि लिएको छु आजसम्म आइपुुग्दा । तपाईंको जत्ति सर्टिपिकेटका डिग्री त कोहीसँग भुतो न भविश्य होला । तर पनि आज लागेको छ बुझ्नु भनेको डिग्री हासिल गर्नु होइन ।

डक्टर भट्टराईलाई सानो मुखले ठूलो कुरा ग¥यो भन्ने लाग्ला । तर पनि सर्टिफिकेटबाहेक अरु सबै कुरामा तपाईंसँग च्यालेन्ज गर्ने क्षमता सबै नेपालीमा छ । जसले आफै जन्मेको आमाको कोखमा लात हान्ने अभिव्यक्ति दिन्छ नि त्यो कदापि पनि राम्रो मान्छे हुँदै होइन ।

उसले आफ्ना लागि आफ्नै जन्म दिने आमालाई पनि वेश्यालयमा बेच्छ । गलत नै सही तर आमा कहिल्यै गलत हुँदैन । यहाँ मैले बाबुरामलाई भन्न खोजेको होइन पछिल्लो समयमा उनको भनाइप्रतिको प्रतिशोध हो ।

बरु उनैले भारतीय विस्तारवादको बिल्ला भिराएका नेपाली कांग्रेसका नेता
तपाईं जस्तै डक्टर मिनेन्द्र रिजालले दिएको अभिव्यक्ति सुन्नुभयो होला नि । केही गर्न नसके पनि राष्ट्रियताको पक्षमा त बोले ।

म आज पनि खुला रुपमा तपाईंको समर्थनमा छु, यो देशका लागि बाबुराम भट्टराई जत्तिको योग्य व्यक्ति अर्को छैन । तपाईं त शिक्षित बुुझेको मान्छे हो नि गल्तीलाई स्वीकार्न सक्नुहुन्छ । त्यसैले तपाईंले दिएको भारत परस्त पछिल्लो अभिव्यक्तिले सबै नेपालीको मन दुखेको छ आत्मआलोचना गर्नुहोस् ।

आत्मालोचना गर्नु र सुधारेर अगाडि बढ्ने स्कुलिङबाटै हो नि त तपाईं पनि यो अवस्थामा आएको । बाबुरामजी मेरो विचारमा अहिले तपाईसँग ३ विकल्प छन् । पहिलो तपाईंले आत्माआलोचना गर्नु, दोस्रो देशद्रोहीको रुपमा आफूलाई परिभाषित गर्नु र तेस्रो भारतीय हुँ भन्ने सार्वजनिक अभिव्यक्ति दिने । यी कुनै पनि विकल्प प्रयोग गर्नुभयो भने तपाईंको भलो होला नत्र भने विचार गर्नुहोला केही समयपछि न टेक्ने ठाउँ रहन्छ न त समाउने हाँगो नै ।

कुनै समयमा तपाईं र मैले खुंखार विस्तारवादीको संज्ञा दिएकाहरुले पनि नेपाली राष्ट्रवादको खुलेरै वकालत गरेका छन् । विपक्षी भएर पनि सरकारको समर्थन गर्दै एक भएका छन् ।

नयाँ शक्ति पार्टीमा हुँदा कडा राष्ट्रवादको कुरा गर्दै राष्ट्र बचाउनका लागि सबै नेपाली नागरिकलाई सैन्य तालिम दिनुपर्ने कुरालाई बहसमा ल्याउनु भयो । त्यतिवेला भारत तर्फ इंगीत गर्दै शक्ति राष्ट्रहरूको चपेटाबाट मुलुकलाई जोगाउन पनि सबै नागरिकलाई सैन्य तालिम दिनुपर्ने प्रस्ताव नै राख्ने तयारी गर्नुभयो । तर अचानक आज समाजवादी पार्टीमा जाने वित्तिकै भारतीय पक्षको तलुवा चाटेर बोलेझै राष्ट्रघाती अभिव्यक्ति दिँदा ४० हजार मत प्रतिद्वन्द्वीको भन्दा वढी दिएका जनताले के भन्लान् भन्ने पनि सोच्नु भएन है ?

कुनै समयमा तपाईं र मैले खुंखार विस्तारवादीको संज्ञा दिएकाहरुले पनि नेपाली राष्ट्रवादको खुलेरै वकालत गरेका छन् । विपक्षी भएर पनि सरकारको समर्थन गर्दै एक भएका छन् । आउनुहोस् सग्लो नेपाल राख्न एक हौं खोप्लाङको माटो छोएर कसम खानुहोस् र स्केच गर्नुहोस् हाम्रो राष्ट्रियतामाथि धावा बोल्ने गद्दारहरुको गर्धन छिनाउने खुकुरी र भाला अनि तरबारको त्यसपछि बनाउन दिउँला दक्ष कालिगढलाई ।

सारा संसारनै कोरोनाको संकटमा जुधिरहेको मौका छोपेर नेपाली भूमि हुँदै मानसरोवर पुग्ने बाटोको उद्घाटन गरी नेपालको सर्वभौमिकतामाथि धावा बोल्ने छिमेकीका विरुद्ध सबै नेपाली एकताबद्ध भएकोमा खुसी मनाउने कुरामा किन सहभागी हुनुहुँदैन । खुसी मनाउँदै तपाईंको नेतृत्वमा गद्दारहरुको गर्दन खुकुरीले छप्काउँदै नेपाली भूमि फिर्ता ल्याउने अभियान सञ्चालन गरौं जसरी माओवादी आन्दोलन सुरु गर्नु भएको थियो ।

हिजोमात्रै तपाईंले अभिनय रहेको हामी जित्छौं भन्ने राष्ट्रिय गीत सार्वजनिक भएको छ, हो त्यो गीतमा तपाईंले हेरेको चन्द्रसूर्य अंकित रातो झण्डा त्यही लिपुलेकको टाकुरामा गाडौं अनि त्यही झण्डाको छहारीमा बसेर स्केच गर्नुहोस् सग्लो र पूर्ण नेपालको मानचित्र । हामीलाई टुक्रिएको नेपाल होइन सग्लो नेपाल चाहिएको छ । कहिल्यै दोस्रो नभएको तपाईंको दिमाग र क्षमतालाई सग्लो नेपाल निर्माणका लागि प्रयोग गरौं र राष्ट्रभक्तिको यो अभियानमा पनि पहिलो बन्नुहोस् ।

-९८५६०३८२३८

तपाईको प्रतिक्रिया