नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो, मृतक ५ पुगे

समाधान संवाददाता २०७७ जेठ १५ गते १५:४५

समाधान संवाददाता

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ । थप १ सय ५६ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ४२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी थप १ सय ५६ जनामा संक्रमण देखिएको हो।

Advertisement

कुल संक्रिमतमध्ये हालसम्म १ सय ८७ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमितमध्ये ५ जनाको मृत्यु भएको छ। बुधबार किष्ट मेडिकल कलेजमा उपचारका क्रममा एक जनाको मृत्यु भएसँगै मृतकको संख्या ५ पुगेको हो।

गण्डकीमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । अहिलेसम्म स्याङ्जाका ५, बागलुङका ८, नवलपुरका ३ जनामा कोरोना देखिएको छ । १६ मध्ये बागलुङका १९ वर्षकी युवती र ६५ वर्षकी वृद्ध निको भएर चैत दोस्रो साता नै घर फर्किसकेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया