आगामी वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड
समाधान संवाददाता
२०७७ जेठ १५ गते १८:३५

समाधान संवाददाता
सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैंयाको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा उक्त बजेटको घोषणा गरेका हुन् ।
चालु खर्चतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैंया, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैंया तथा वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ८९ करोड रुपैंया बजेट विनियोजन भएको अर्थमन्त्री डा खतिवडाले जानकारी दिए ।
उक्त बजेटको लागि राजश्वबाट ९ खर्ब ४८ अर्ब ६२ करोड, वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड रुपैंया स्रोत जुट्ने अनुमान गरिएको छ । अपुग हुने रकममध्ये २ खर्ब ९९ अर्ब ५० करोड ३३ लाख रुपैंया वैदेशिक ऋणबाट र २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट जुटाइने अनुमान गरिएको उनले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया