गण्डकीमा थपिँदै संक्रमित, एकैदिन ५ जनामा संक्रमण

समाधान संवाददाता २०७७ जेठ १५ गते २१:३३

समाधान स‌ं‌वाददाता

गण्डकीमा कोरोना संक्रमितको संख्या ३ दिनदेखि निरन्तर उकालो लागिरहेको छ । बिहीबारसम्म गण्डकीमा संक्रमितको संख्या १७ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । बिहिबार एकैदिन ५ जना संक्रमित थपिएका छन् ।

तीमध्ये स्याङजाका ३ जना, म्याग्दी र नवलपुरका १/१ जना छन् । गण्डकीमा बिहीबार थपिएका पाँचै जना कोरोना संक्रमित भारतबाट स्थानीय पालिकाले उद्धार गरी ल्याइएकाहरु रहेको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

Advertisement

स्याङजामा थपिएका संक्रमित वालिङका २६ र २२ वर्षीय पुरुषसँगै ३९ वर्षीया महिला हुन् । नवलपुरका संक्रमित देवचुली नगरपालिकाका १९ वर्षका पुरुष भएको निर्देशनालयले जनाएको छ । यी ४ बाहेक म्याग्दीको मालिका गाउँपालिकाका ३० वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।

म्याग्दीमा पहिलोपटक कोरोना संक्रमित भेटिएका हुन् । भारतबाट आएर बेनीको क्वारेन्टाइनमा बसेका उनको बेनीस्थित आइसोलेनमा उपचार भइरहेको निर्देशक शर्माले जानकारी दिए ।

Advertisement

नवलपुरका संक्रमितको भरतपुल अस्पतालमा, स्याङजाका ५ मध्ये ४ को जिल्ला अस्पतालमा र १ जनाको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया