कोरोनाले विश्वभर ३ लाख ६० हजारको मृत्यु, ५८ लाख ३ हजारमा संक्रमण

समाधान संवाददाता २०७७ जेठ १६ गते ६:४६

समाधान संवाददाता
पोखरा, १६ जेठ

विश्वभर कोरोना संक्रमणका कारण ३ लाख ५९ हजार ७ सय ९१ जनाको मृत्यु भएको छ ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सबैभन्दा बढी १ लाख १ हजार ५ सय ७३ जनाको मृत्यु भइसकेको छ ।

Advertisement

बेलायतमा ३७ हजार ९ सय १९, इटालीमा ३३ हजार १ सय ४२, फ्रान्समा २८ हजार ६ सय ६५ जनाको मृत्यु भइसकेको छ ।

विश्वभर ५८ लाख ३ हजार ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या अमेरिकामा सवैभन्दा बढी छ । त्यहाँ १७ लाख २० हजार ६ सय १३ जनामा संक्रमण पुष्टि भएको छ ।

Advertisement

ब्राजिलमा ४ लाख ३८ हजार २ सय ३८, रुसमा ३ लाख ७९ हजार ५१, बेलायतमा २ लाख ७० हजार ५ सय ७, स्पेनमा २ लाख ३७ हजार ९ सय ६, इटालीमा २ लाख ३१ हजार ७ सय ३२ मा संक्रमण पुष्टि भएको छ।

विश्वभर २४ लाख १३ हजार ५ सय ७६ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेहरुमा अमेरिकामा सवैभन्दा बढी ३ लाख ९९ हजार ९ सय ९१ जना संक्रमणमुक्त भएका छन् ।

ब्राजिलमा १ लाख ७७ हजार ६ सय ४, जर्मनीमा १ लाख ६३ हजार ३ सय ६०, रुसमा १ लाख ५० हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया