माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा

लमजुङ, रासस
जलविद्युत्को ‘हव’ बन्दै गरेको लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित सो गाउँपालिका–६, ढोडेनीमा निर्माणाधीन आयोजना निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएकोे प्रवद्र्धक राजेन्द्र वस्तीले जानकारी दिए ।
‘सबै काम सम्पन्न गरेर यतिबेला पावर हाउसको काम र केही बाँधको संचरनाको काम मात्र बाँकी छ । हामीले बन्दाबन्दीको बीचमा समेत कामलाई निरन्तरता दिँदै आएका छौं,’ उनले भने, ‘हाल १८० जना कामदारबाट काम भइरहेको छ ।’ गत चैत महिनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य गरे पनि लकडाउनलगायत विविध कारणले निर्धारित समयमा काम सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ ।
विसं २०७१ असोजबाट निर्माण थालिएको गरी २०७४ सालमा निर्माण सक्नुपर्ने भए पनि समयमा नसकिँदा म्याद थप गरी गत चैत ३० गतेसम्म निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको थियो । विनाशकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र गत भदौमा आएको बाढीका कारण निर्माण निर्धारित समयमा सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ । आगामी असार महिनाभित्र आयोजनाको काम सम्पन्न गर्दै विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।
यसरी आयोजनाको काम बढ्दा लागत पनि ६७ करोड ६० लाख बढी लाग्ने अनुमान आयोजनाको छ । यस आयोजना निर्माणका क्रममा ३ अर्ब ९६ करोड लगानीमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल ४ अर्ब ६३ करोड ६० लाख लाग्ने आयोजनाले जनाएको छ । आयोजनाको लागत प्रतिमेगावाट रु १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ । आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।
आयोजनाको बाँधस्थल लोदो खोलाबाट २ हजार ७०० मिटर लामो भूमिगत सुरुङ र २ हजार ७०० मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युत् गृहमा झारिने भएको छ । आयोजनामा १२ दशमलव ५ का एक÷एकवटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ । यस आयोजनाको बिजुली हिउँदको समयमा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा हुने गरी प्रवद्र्धक कम्पनी लिवर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ ।









फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया