कोभिड १९ र शिक्षा क्षेत्रमा यसको असर

समाधान संवाददाता २०७७ जेठ १६ गते १५:१२

कृष्ण लामिछाने

३० डिसेम्बर, २०१९ मा चीनको हुवेई प्रान्तको वुहानबाट देखा परेको नयाँ कोरोना भाइरस दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो महामारी र चुनौतीको रुपमा देखापरेको छ । अहिलेको विश्वमा, ठूला ठूला हतियार, धन सम्पत्ति र प्रविधिको विकासले पनि यो भाइरसको अगाडि घुँडा टेकेको छ ।

विश्वका सबै शक्ति सम्पन्न राष्ट्रहरु यसका विरुद्ध लडिरहेका छन् । तर सफलता हासिल गर्न सकेका छैनन् । यसका विरुद्ध लड्न विभिन्न देशले विभिन्न नीति र विधिहरु अपनाइरहेका छन् तर पूर्ण रुपले सफलता हासिल गर्न सकिरहेका छैनन् । चीन, नेपाल, भारत लगायत धेरै मुलुकले लकडाउन अर्थात सीमा बन्द गरेका छन् ।

Advertisement

शिक्षा स्वास्थ्य र रोजगारीमा बढी लगानी गर्नुपर्ने र यसको जिम्मा राज्यले लिनुपर्ने कुराको प्रष्ट बोध भएको छ ।

सामान्यतया यो महामारीको अवस्थाले विश्वको स्वास्थ्य क्षेत्रमा मात्र पार्न सक्छ भनेर आकलन गरिएला तर यसको असर एकमात्र क्षेत्र नभएर विश्वका विभिन्न देशका विभिन्न क्षेत्रमा पर्ने कुरा निश्चित छ । किनिकी यो विश्व महामारीको विरुद्ध संसारभरिकै खर्बौं रुपैयाँ खर्च भइसकेको छ ।

Advertisement

शैक्षिक क्रियाकलाप पनि सुस्ताएको छ । सबै शैक्षिक सस्थाहरु बन्द छन । संसारको शिक्षा क्षेत्रका विद्यालय र विश्व विद्यालय अनि अनुसन्धान क्षेत्रमा कार्यरत करिब २० लाख शिक्षक, शिक्षिका, अनुसन्धानकर्ता बेरोजगारीको अवस्थामा पुगिसकेका छन् ।

नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा, सरकारी तवरबाट सञ्चालित प्राथमिक बिद्यालय ४९ अजार ९ सय ७ वटा र माध्यामिक विद्यालय ५ हजार ७ सय १२ वटा कलेज १४ सय वटा र १० वटा बिश्व विद्यालय छन् ।

नेपालको निजी क्षेत्रमा करिब ६ हजार १६ विद्यालय छन् । करिब १५लाख ६७ हजार ८६ जना विद्यार्थी यसमा छन् । यसमा करिब ६० हजारको संख्यामा शिक्षक शिक्षिका र लेखा प्रशासनमा रोजगार छन् ।

यी सबै शैक्षिक निकायहरु प्राथमिक र माध्यामिक विद्यालय (१–१२)मा ७३ लनख ९१ ह्जार ५सय २४ जना, कलेज/विश्वविद्यालयमा ३ लाख ६१ ह्जार ७७ जना विद्यार्थी छन् । यी सबै शैक्षिक निकायहरु, प्रथमिक र माध्यामिक विद्यालय (१–१२) मा ३ लाख २५ हजार ५ सय १९ जना शिक्षक शिक्षिका छन् । अन्य केही शिक्षकहरु राहत कोटमा कार्यरत पनि छन् ।

नेपालको निजी क्षेत्रमा करिब ६ हजार १६ विद्यालय छन् । करिब १५लाख ६७ हजार ८६ जना विद्यार्थी यसमा छन् । यसमा करिब ६० हजारको संख्यामा शिक्षक शिक्षिका र लेखा प्रशासनमा रोजगार छन् ।

२०७६ चैत ११ गतेदेखि लागु लकडाउनले शैक्षिक क्षेत्रमा पारेको असर परिपूर्ति गर्न वा सामान्य हुन नेपाल सरकारलाई कम्तीमा पनि २ वर्ष थप समय लाग्ने अनुमान गर्न सकिन्छ । यसबाट नेपाल राज्यलाई चुनौती र अवसर दुबै मिल्ने छन् । यसै समस्यामा टेकेर, अन्य क्षेत्रहरु, यस शैक्षिक क्षेत्रको प्रवर्धन गर्दै पुनः नेपालको शिक्षा क्षेत्रलाई अगाडि बढाउनु पर्ने हुन्छ ।

बालबालिकाले घर बाहिरबाट सिक्ने, खेल्ने र मनोरन्जन लिने अवसरबाट बञ्चित हुनुपरेको छ । विद्यार्थीमा भय, संत्रास र मनोवैज्ञानिक तनाव उत्पन्न भएकोे छ । विभिन्न सामाजिक सञ्जालहरुमा अश्लील खालका भाषा, लेख, आलोचना, लेखन र अश्लील चलचित्र दृश्यहरुको अवलोकनमा वृद्धि भएको छ ।

सन्त्रास पनि बढेको छ । लामो समयसम्म घरमै बसिरहनु परेकाले किशोर किशारीहरुको मनोविज्ञानमा असर परेको छ । घरमा बसिरहनुपर्ने भएकाले, मादकपदार्थ र सूर्तीजन्य पदार्थको सेवनमा वृद्धि भएको छ ।

सामाजिक दुरी कायम गर्दै व्यक्तिगत स्वास्थ्य शिक्षा, आहार, नैतिकता आचरणबारे गहिरो र मसिनो गरी शिक्षा बढेको छ । निजी विद्यालयभन्दा र समुदायिक विद्यालयको भूमिका बढी भएको कुरा अझ बढी प्रष्ट भएको छ ।

महिला, बालबालिका, पुरुष तथा वृद्धवृद्धाहरुमा घरेलु हिंसामा वृद्धि भएको, छ । यौन सम्पर्कलाई मनोरञ्जको वैकल्पिक साधन अर्थात असुरक्षित यौन सम्पर्कमा वृद्धि हुन गई भविश्यमा विभिन्न समस्या र कठिनाइहरु आइ पर्न सक्ने देखिन्छ ।

विश्व भातृत्व, देश र मातृभूमि पे्रम, पारिवारिक सद्भावमा वृद्धि भएको छ । देशमा आत्मनिर्भर र स्वाबलम्बन जीवन पद्धति/शैलीको विकास भएकोे छ । सरकारलाई शैक्षिक सूचना र पात्रोको पूर्व तयारी तथा पूर्व सचेतनाबारे पाठ भएकोे छ ।

सामाजिक दुरी कायम गर्दै व्यक्तिगत स्वास्थ्य शिक्षा, आहार, नैतिकता आचरणबारे गहिरो र मसिनो गरी शिक्षा बढेको छ । निजी विद्यालयभन्दा र समुदायिक विद्यालयको भूमिका बढी भएको कुरा अझ बढी प्रष्ट भएको छ ।

घरमै बसेर पनि अनलाइन प्रविधिद्वारा धेरै कुराहरु सिक्न सकिने कुराको बोध भएको छ । व्यक्तिगत रुपमा गुम्सिएका विशेष प्रतिभा/लेख, रचना संगीतहरुको प्रष्फुटन भएको छ । अनलाइन प्रविधिद्वारा सामान खरिद गर्ने, अनलाइन मौद्रिक कारोबार गर्ने शिक्षाको विकास भएको छ ।

उपचारले भन्दा रोकथामले नै जिन्दगी बचाउन सहज हुने कुराको बोध भएको छ । सबै बालबालिकालाई पारिवारिक, सामाजिक, सांस्कृतिक तथा प्राकृतिक संस्कार दिइनुपर्छ भन्ने बोध भएको छ ।

सामाजिक सञ्जालले सबै मानिसलाई निकै र छिट्टै नजिक ल्याउने रहेछ भन्ने बोध भएको छ । शिक्षा स्वास्थ्य र रोजगारीमा बढी लगानी गर्नुपर्ने र यसको जिम्मा राज्यले लिनुपर्ने कुराको प्रष्ट बोध भएको छ । सबैभन्दा महत्वपूर्ण कुरा आफ्नो देश, घर, परिवार रहेछ भन्ने बोध भएको छ । ‘धनभन्दा शिक्षा ठूलो’ भन्ने उखान चरितार्थ भएको छ ।

लामिछाने ग्लोबल कलेजियट स्कुल, रानीपौवाका शिक्षक हुन् ।

तपाईको प्रतिक्रिया