आज सबै भन्दा धेरै संक्रमित, १७० नयाँ थपिए, छ जनाले ज्यान गुमाए
![](https://www.samadhannews.com/wp-content/uploads/2020/05/corona-virus-positive-samadhan.jpg)
समाधान संवाददाता
नेपालमा शुक्रबार एकैदिन १ सय ७० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार ५ महिला र १ सय ६५ पुरुषसहित १ सय ७० जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, कपिलवस्तुमा ४३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
भरतपुरमा गरिएको परीक्षणमा २३ देखि २६ वर्षका चार जना र राप्तीमा गरिएको परीक्षणमा विजयनगरमा ९ जनामा संक्रमण पुष्टि भएको छ । भैरहवामा गरिएको परीक्षणमा १७ देखि ४४ वर्षका १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
झापामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कचनाकवल गाउँपालिकाका १८ र ४१ वर्ष उमेरका २४ जना र तयारी भिट्टाका २४ देखि ५४ वर्ष उमेर समूका तीन जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुको थ्रोट स्वाबको परीक्षण कोशी अस्पताल, विराटनगरमा भएको थियो ।
यस्तै धरानमा गरिएको परीक्षणमा भद्रपुरका ३४ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
पर्सामा ५ र बारामा ४ जना संक्रमित थपिएका छन् । पर्साको पोखरियाका २१ देखि ४२ वर्ष उमेरका चार जना र जिरा भवानीका ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । बाराको प्रचौटा राष्ट्रिय माविमा रहेका २७ देखि ४५ वर्ष उमेर समूहका चार जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पाटन अस्पतालमा गरिएको परीक्षणमा सर्लाहीका ३१ वर्षीया महिलामा पनि कोरोना संक्रमण्म पुष्टि भएको छ । उनी अहिले पाटन अस्पतालमै रहेको पाइएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ । मृत्यु हुनेकाे संख्या ५ पुगेकाे छ ।
तपाईको प्रतिक्रिया