पोखरालाई सर्वाधिक बजेट, साढे २ अर्ब

समाधान संवाददाता २०७७ जेठ १६ गते १७:३०

समाधान संवाददाता

Advertisement

सरकारले आगामी आर्थिक वर्षमा महानगरपालिकाहरूका लागि ९ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरेको छ । पोखरा महानगरपालिकाले सबैभन्दा बढी समपुरक अनुदान प्राप्त गरेको छ ।

पोखरा महानगरपालिकालाई सरकारले सबैभन्दा बढी २ अर्ब ५२ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ । सबैभन्दा कम बजेट विराटनगर महानगरपालिकालाई ९९ करोड ३१ लाख रुपैयाँमात्रै छ ।

Advertisement

पोखरा काठमाडौंपछि सबैभन्दा बढी जनसंख्या भएको महानगर हो । पोखराको जनसंख्या ४ लाख २ हजार ९ सय ९५ हो । क्षेत्रफलका आधारमा पनि पोखरा महानगर देशकै सबैभन्दा ठूलो छ ।

पोखराले ५७ करोड ७३ लाख रुपैयाँ समानीकरण, १ अर्ब ७९ करोड ८७ लाख रुपैयाँ ससर्त, ९ करोड रुपैयाँ विशेष र ६ करोड रुपैयाँ समपूरक अनुदान पाउने भएको छ ।

Advertisement

समानीकरण, ससर्त, विशेष र समपूरक अनुदानका रूपमा ६ वटा महानगरपालिकाका लागि ९ अर्ब ४७ करोड सात लाख रुपैयाँ बजेट सरकारले छुट्याएको छ । काठमाडौं र विराटनगर महानगरपालिकालाई सरकारले विशेष र समपूरक अनुदान दिएको छैन ।

तपाईको प्रतिक्रिया