अस्पतालले ‘दुख प्रकट’ गरेपछि मिराको शव उठाइयो

समाधान संवाददाता
फिस्टेल अस्पतालमा मृत्यु भएकी पोखरा–४ सिद्धार्थचोककी मिरा मुल्मीको शव आफन्तले बुझेका छन् । शुक्रबार विहान पेट दुखेर अस्पताल गएकी मिराको इन्जेक्शन लगाए लगत्तै मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका थिएनन् ।
शुक्रबार विहान नौ बजे पेट दुखेकाले श्रीमान प्रदिप मुल्मीसंगै अस्पताल गएकी मिराको उपचार कै क्रममा मृत्यु भएको थियो । उनका आफन्तले इन्जेक्शन लगाउना साथ मृत्यु भएकाले उपचारमा गडबडी हो की भन्ने आशंका गरेका थिए ।
दिउसो आफन्त, चिकित्सक र अस्पताल प्रशासन बीचको वार्तामा चिकित्सकहरुले उपचार पद्धती र मिराको मृत्युको बारेमा आफन्तलाई सम्झाएका थिए । त्यसपछि अस्पताल प्रशासनले दुख व्यक्त गर्ने सहमतिमा आफन्तले शव बुझेका हुन ।
लगत्तै अस्पताल प्रशासनले विज्ञप्ति जारी गर्दै मिराको मृत्यु भएकोमा दुख व्यक्त गरेको छ । उसले मिरालाई बचाउने सक्दो प्रयास गर्दा पनि असफल भएको बताएको छ । चिकित्सकहरुले मिराको मृत्यु हृदयघातका कारण भएको आफन्तलाई बताएका थिए ।
मिराकाे शव फिस्टेल हस्पिटल कै शवघरमा राखिएकाे छ । शनिबार विहान घरमा लैजाने र शवयात्दारा तथा हसस्कार गर्ने आफन्तले जानकारी दिए ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया