गण्डकीकाे काेरोना कोषमा १५ करोड थप

समाधान संवाददाता २०७७ जेठ १६ गते १८:५५

पाेखरा

गण्डकी प्रदेश सरकारले काेराेना काेषमा १५ कराेड रुपैयाँ थपकेा छ । आर्थिक मामिला तथा याेजना मन्त्री किरण गुरुङले शुक्रबारकाे प्रदेश सभाकाे बैठकमा उक्त जानकारी गराए ।

कोरोनाको कोषमा प्रदेश सरकारले सुरुमा १५ करोड राखेकोमा अहिले १५ करोड थपेर ३० करोड बनाएको मन्त्री गुरुङले बताए । हालसम्म कोषमा बाहिरबाट ३ करोड ३
लाख जम्मा भएको उनले बताए ।

Advertisement

कोष स्थापनाका अतिरिक्त रोकथाम नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि १५/१५ लाखका साथै राहत वितरणका लागि गाउँपालिकाका लागि ५ लाख, नगरपालिकाका लागि १० लाख र पोखरा महानगरपालिकाका लागि १ करोड प्रदान गरिएको उनले संसदमा जानकारी गराए ।

उनका अनुसार ११ जिल्ला प्रशासन कार्यालयका लागि १ करोड ४५ लाख प्रदान गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया