काेराेनाले विश्वभर ३ लाख ६५ हजारकाे मृत्यु

पाेखरा
काेराेना संक्रमणपछि विश्वभर ३ लाख ६४ हजार ४ सय ५९ जनाकाे मृत्यु भएको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी १ लाख २ हजार ७ सय ९८ जना छ।
बेलायतमा ३८ हजार २ सय ४३, इटालीमा ३३ हजार २ सय २९, फ्रान्समा २८ हजार ७ सय १७, ब्राजिलमा २७ हजार ८ सय ७८, स्पेनमा २७ हजार १ सय २१ जनाको संक्रमणपछि मृत्यु भएको छ।
शनिबार बिहानसम्म विश्वभर ५९ लाख १९ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितको संख्या पनि अमेरिकामा नै बढी अर्थात् १७ लाख ४५ हजार ६ सय ६ छ।
ब्राजिलमा ४ लाख ६५ हजार १ सय ६६, रुसमा ३ लाख ८७ हजार ६ सय २३, बेलायतमा २ लाख ७२ हजार ६ सय ७, स्पेनमा २ लाख ३८ हजार ५ सय ६४, इटालीमा २ लाख ३२ हजार २ सय ४८, फ्रान्समा १ लाख ८६ हजार ९ सय २३ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर २४ लाख ९० हजार २ सय २१ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै धेरै शनिबार बिहानसम्म त्यहाँ ४ लाख ६ हजार ४ सय ४६ जना संक्रमणमुक्त भएका छन्।
ब्राजिलमा १ लाख ८९ हजार ४ सय ७६, जर्मनीमा १ लाख ६४ हजार २ सय ४५, रुसमा १ लाख ५९ हजार २ सय ५७, इटालीमा १ लाख ५२ हजार ८ सय ४४ जना संक्रमणमुक्त भइसकेका छन्।
तपाईको प्रतिक्रिया