एटिएम फुटाउँदै गरेका व्यक्ति पक्राउ

रासस भक्तपुर
बन्दाबन्दीको समयमा एटिएम बुथ फुटाएर पैसा झिक्न खोज्दै गरेका सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङलाई प्रहरीले गएराति फक्राउ गरेको छ ।
मध्यपुरथिमि नगरपालिका–६ बाहखा बजारस्थित सञ्जीव चित्रकारको घरको भुइँतलामा गएराति २ः१५ बजे एटिएम फुटाउँदै गरेको खबर आएलगत्तै प्रहरी वृत्त थिमिका प्रहरी निरीक्षक राजीव गिरी नेतृत्वको टोलीले एनआइसी एशिया बैंकको एटिम फुटाउँदै गरेका तामाङलाई पक्राउ गरेको थियो ।
प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पक्राउ परेका तामाङको साथबाट एक थान ह्याम्बर, एक थान स्क्रुड्राइभर, डण्डी, फुटाएको एटिएम मेसिनको बाहिरी कभरलगायतका सामग्री बरामद गरेको छ ।
पक्राउ परेका तामाङलाई प्रहरी बृत्त थिमिमा राखेर थप अनुसन्धान भइरहेको र आइतबार जिल्ला अदालत भक्तपुरमा म्याद थप गरिने प्रनाउ गिरीले बताउनुभयो ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया