सकियो नेकपा सचिवालय बैठक, एमसीसीका काम रोक्ने निर्णय

समाधान संवाददाता २०७७ जेठ १७ गते १४:००

समाधान संवाददाता

बजेटमा एमसीसी परियोजना अघि बढाउने संकेत पाएपछि सरकारसंग रिसाएका नेकपाका सचिवालय सदस्यहरुले अन्तत सरकारलाई पछि हट्न बाध्य पारेका छन ।

शनिबारका लागि बोलाएको सचिवालय बैठक तत्काललाई एमसीस्किा सबै काम रोक्ने निर्णय गर्दै सकिएकाववे छ । संसदमा विचाराधीन एमसीसी सम्झौताबारे संसदले जे फैसला गर्छ, त्यहीअनुसार अगाडि बढ्ने निष्कर्ष पनि बैठकले निकालेको छ ।

Advertisement

‘एमसीसीका बारेमा मुख्यतः बजेटमा प्रस्तुत अनुसूचिमा राखिएको एमसीसीको योजनाका बारेमा आवश्यक स्पष्टताका निम्ति छलफल भएको हो’ बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘प्रस्ताव अहिले संसदमा विचाराधीन छ । त्यसैले बजेटको व्यवस्था पनि त्यही अनुसार हुने कुरालाई स्पष्ट पारिने अर्थात प्रधानमन्त्रीले संसदलाई जानकारी गराउनु भएअनुसार नै एमसीसी सम्झौता अनुमोदन भएको खण्डमा त्यस अनुसार हुनेछ ।’

नेकपा सचिवालय सदस्य श्रेष्ठले अगाडि भने, ‘यदि संसदले त्यसअनुसार अनुमोदन गरेन भने सरकारले आवश्यक वैकल्पिक व्यवस्थाबारे अगाडि सोचेर बढ्ने कुरा नै अर्थमन्त्रीले पनि स्पष्ट पार्नुभएको छ र संसदमा पनि त्यसअनुसार नै स्पष्ट पार्ने, जानकारी गर्ने भनिएको छ ।’

Advertisement

सचिवालयको अर्को बैठकको मितिबारे अध्यक्षद्वयले आपसमा छलफल गरेर तय गर्ने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया