नेपालमा एकैदिन १८९ जनामा कोरोना, संक्रमित १४ सय नाघे

समाधान संवाददाता २०७७ जेठ १७ गते १६:५४

समाधान संवाददाता

नेपालमा थप १ सय ८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

कोभिड– १९ को स‌ंक्रमण शनिबार एकै दिन १ सय ८९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ८९ जनामा संक्रममण देखिएको बताए ।

Advertisement

ती सङ्क्रमितमध्ये पुरुष १ सय ८५ र महिला ४ जना छन् । शनिबार देखिएको संक्रमितकाे सङ्ख्या अहिलेसम्मकै धेरै हो । शुक्रबार पनि १७० जनामा सङ्क्रमण देखिएको थियो ।

शनिबार देखिएका सङ्क्रमितसँगै १ हजार ४ सय १ जनामा सङ्क्रमण देखिएको छ । नयाँ सङ्क्रमितमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १ सय २४ जनामा संक्रमण देखिएको छ ।

Advertisement

धनुषाका ७ जना २० वर्षदेखि ४४ वर्षका छन् । झापाका ४५ वर्षीय एक पुरुष र कपिलवस्तुका १६ वर्षदेखि ६० वर्षका ७७ जनामा सङ्क्रमण देखिएको छ । ललितपुरका एक २३ वर्षीया महिला छन् । महोत्तरीका चार २५ देखि ५५ वर्षका पुरुष रहेका छन् ।

रौतहटका ६ जना १८ वर्षदेखि ४५ वर्षका पुरुष छन् । सर्लाहीका १७ जना १६ वर्षदेखि ४० वर्षका पुरुष र सिराहाका ११ जना १७ वर्षदेखि ४० वर्षका पुरुष छन् ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २९ जनामा सङ्क्रमण देखिएको छ । कपिलवस्तु यशोधराका २९ जना १५ देखि ५० जना पुरुष रहेका छन् ।

यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा नौ जनामा सङ्क्रमण देखिएको छ । सप्तरीका १८ देखि २८ वर्षका एक महिलासहित रहेका छन् ।

यस्तै दाङस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा आठ जनामा सङ्क्रमण देखिएको छ । ती कपिलवस्तु विजयनगरका तीन जना २६ वर्षदेखि ५२ वर्ष उमेरका पुरुष रहेका छन् । दाङ हापुरेका एक जना ३० वर्षीय पुरुष छन् ।

बङ्गलाचुली दाङकै चार जनामा २७ देखि ३८ वर्षका तीन पुरुष र एक २८ वर्षीया महिला छन् । नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा तीन जनामा सङ्क्रमण देखिएको छ ।

बारा हर्दियाका एक २४ वर्षीय पुरुष, पर्सा पसौनीका १८ वर्षीय पुरुष र ६० वर्षीया महिला रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १४ जनामा सङ्क्रमण देखिएको छ । ती सबै दैलेखका १७ देखि ५० वर्ष उमेर समूहका पुरुष रहेका छन् ।

यस्तै कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा दुई जनामा सङ्क्रमण देखिएको छ । सङ्खुवासभा खाँदबारीका २३ वर्षीय पुरुष र सङ्खुवासभाकै पाँचखपनका २२ वर्षीय पुरुष रहेका छन् ।

सङ्क्रमितमध्ये एक हजार २८८ पुरुष र ११३ जना महिला रहेका छन् । आज सङ्खुवासभामा देखिएसँगै सङ्क्रमित जिल्ला ५३ पुगेका उहाँले जानकारी दिनुभयो ।

१३ जना डिस्चार्ज

यस्तै शनिबार १३ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म २१९ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म पिसिआर ६६ हजार ७२ जना र एक लाख सात हजार ५५ जनाको परीक्षण गरिएको छ । सङ्क्रमति बढेसँगै विभिन्न ठाउँमा परीक्षणको दायरा बढाउनका लागि किट पठाइएको छ । मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार शनिबारै ७७ हजार चार ४०० आरडिटी र छ हजार थान भिटिएम पठाइएको छ ।

प्रदेश नंं १ मा चार हजार २००, प्रदेश नंं २ मा १२ हजार २००, प्रदेश नंं ५ मा २५ हजार, कर्णाली प्रदेशमा १२ हजार र सुदूरपश्चिम प्रदेशमा २४ हजार आरडिटी किट पठाइएको छ । यस्तै विभिन्न प्रदेशमा भिटिएम पठाइएको छ ।

प्रदेश नं २ मा एक हजार थान, प्रदेश नं ५ मा दुई हजार, कर्णाली प्रदेशमा एक हजार र सुदूरपश्चिम प्रदेशमा दुई हजार थान पठाइएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय ८९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार आज थपिएका १
सय ८९ सहित नेपालमा संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ।

नेपालमा हालसम्म सबैन्दा धेरै संक्रमित थपिएका आज नै हो। शुक्रबार १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो।

नेपालमा कुल संक्रमितमध्ये हालसम्म ६ जनाको मृत्यु भइसकेको छ। संक्रमण देखिएकामध्ये २१९ जना उपचारपछि निको भइसकेका छन्।

आज १३ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या २ सय १९ पुगेको हो।

तपाईको प्रतिक्रिया