जेठ ३२ सम्म लम्बियाे लकडाउन, हवाई उडान र सीमा नाका असार १६ सम्म बन्द

समाधान संवाददाता २०७७ जेठ १७ गते २१:५९

काठमाडाैं

सरकारले लकडाउनको अवधि थपेको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ महिनाभरि कायम राख्ने निर्णय गरेको छ ।

चैत ११ गतेबाट देशव्यापी रूपमा सुरु भएको लकडाउनको पछिल्लो पटक कायम गरेको अवधि जेठ २० गते मंगलबार सकिनै लाग्दा सरकारकाे याे निर्णय आएकाे हाे । अब थपिने लकडाउन साताैं किस्ताकाे हाे ।

Advertisement

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडान र सीमान नाका असार १६ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ ।

भारतबाट स्थलमार्ग भएर स्वदेश फर्कन चाहने नागरिकलाई भने झापादेखि कञ्चनपुरसम्म २० वटा नाका तय गरेको छ । सरकारले तोकेको नाका बाहेक अन्यत्रबाट आवागमन हुन नदिने निर्णय पनि गरेकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया