नेपाली हामी रहौंला कहाँ…

समाधान संवाददाता २०७७ जेठ १८ गते ६:०९

अनिशा श्रेष्ठ

Advertisement

नेपाली हामी रहौंला कहाँ नेपालै नरहे,
उचाइ हाम्राे जोडिन्छ कहाँ हिमालै नरहे

जबजब यो गीत सुनिन्छ तब मन ढक्क फुलेर आउँछ अनि मन भरिएर आउँछ आङै सिरिंग हुने गरी फरक खालको ऊर्जा । पुर्खाले आर्जेको यो मुलुकमा अहिले बैरीले सबै लुट्न लागिसके बीर गोर्खालीको भूमि नेपालमा कसरी यस्ता डर उत्पन्न हुन्छन् ?

Advertisement

मातृभूमिको छातीमा अरुनै आएर राज गर्न खोज्दैछन् ! अब हामीले व्यवहारमा काम गर्न आवश्यक छ कि बोलाीमा चर्चा बटुल्ने मात्रै हो ? सरकारले यो प्रश्नको पनि उतर दिन तयार हुने अवस्था आइसकेको छ । जनताको आक्रोस त कहाँ मेटिएको छ र ?

सबैको ध्यान अहिले अतिक्रमित भूमिमा नेपाली झन्डा कहिले फहराइन्छ भन्नेमै केन्द्रित छ । भूमिसुधार मन्त्रालयको जिम्मामा पर्ने भए पनि नेपाली माटोको रक्षा गर्नुपर्ने दायित्व सबै नेपालीको हो ।

Advertisement

त्यसमा पहिलो चरण अन्र्तगत सरोकारवाला निकायलाई खबरदारी गर्ने काम सबै पक्ष र निकायहरुबाट भएकै छ । सरकारले पनि फलस्वरुप अतिक्रमित भूमि समेटेर नक्सा सार्वजनिक ग¥यो । सो सार्वजनिक गर्ने प्रमुख पदमा महिला नै भएकाले पनि मेरो विशेष चासो थियो । जुन स्वभाविक पनि हो ।

सबैको ध्यान अहिले अतिक्रमित भूमिमा नेपाली झन्डा कहिले फहराइन्छ भन्नेमै केन्द्रित छ ।

हिम्मत महिलासँग पनि छ काम गर्ने । यही विषयमा केन्द्रित भएर केही दिन अगाडि लेखेको लेख समाधान राष्ट्रिय दैनिकमा प्रकाशन भएको थियो । जुन लेखमा मैले विश्वमा आफ्नो इतिहास रचेका महिलाहरुको उदाहरणसहित राष्ट्रियतामा ओतप्रोत भएका केही महिलाहरुलाई उदाहरणको रुपमा प्रस्तुत गरेकी थिए ।

अघिल्लो लेख मैले अहिलेकी भूमिसुधार मन्त्री पद्मा अर्याललाई इंगित गरेकी थिए । नेपालमा अहिले कोरोना भन्दा पनि सीमानाको राष्ट्रवादले बढी सताएको छ ।

आर्टिकलकै प्रभावहो भने म भन्दा पागल अर्को हुन सक्दैन । तर पनि सरकारले कालापानी लिपुलेकको अतिक्रमण गरेको भूमि समेटेर नयाँ नक्सा सार्वजनिक ग¥यो । अहिले सबैको चासो नक्सामा समेटिएको जमीन फिर्ता कसरी र कहिले हुन्छ भन्नेमै केन्द्रित भएको छ ।

हुनत नेपाल सरकारले नक्सा सार्वजनिक गरेलगतै भारतका सञ्चारमाध्यम तथा विभिन्न सरकारका ओहोदामा रहने व्यक्तिहरुले आफ्ना अभिव्यक्तिहरु व्यक्त गरेका छन् । उनीहरुको विचार सुन्दा लाग्छ नेपालमा किन उद्यमशीलता विकास भएन होला हामी किन हरेक कुरामा आत्मनिर्भर रहन सकेनौं होला ?

के हामी दुख गरेर आफ्नो स्वाभिमानलाई बचाउन सक्दैनौं ? यी कुरा हाम्रो मनमा खेल्ने भनेको क्षणिक मात्र हो जस्तो लाग्छ किनकि भारतको हेपाहा प्रवृत्ति भोग्न वाध्य भएको यो पहिलो पटक भने पक्कै होइन । आम नेपाली जनताले यस्ता अवस्थाहरु बारम्बार भोग्दै आएका छन् ।

कोरोना भाइरसको प्रवाह दिनप्रति दिन बढ्दो क्रममा छ । घरबाट निर्वाधरुपमा निस्कन सक्ने अवस्था छैन तर पनि मानिसहरु शरीर बचाउने कि देशको भूमि बचाउने भन्ने दुविधामा छैनन् । आफ्नो ज्यानको आश नगरिकन देश बचाउनका लागि लिपुलेक र लिम्पियाधुरामा गएर आफ्नो रगत बगाउन तयार भएका छन् नेपालीहरु ।

यदि महिलाहरु पनि नेतृत्वमा गए भने काम गर्न सक्छन् भन्ने कुरा मन्त्री पद्मा अर्यालले पुरुषवादी समाजमा नेपालको नक्सा सार्वजनिक गरेर राम्रो उदाहरण प्रस्तुत गरिसक्नुभएको छ । तपाईंले अब हाम्रो भूमि फिर्ता ल्याउनु छ । मलाई के थाहा छ भने सबै काम एकै पटक हुँदैन । चरण चरणमा हुन्छ । अबको कदम स्थलगतरुपमै भूमि हाम्रो बनाउने हो ।

नेपाल–भारतको सीमा निर्धारण गर्ने, सीमा स्तम्भ राख्ने, नक्साका कारण एक अर्काको देशमा परेका जमिनको विवरण तयार पार्ने गरी ५ वर्षअघि गठन भएको २ देशबीचको संयन्त्रको बैठक गत वर्ष काठमाडाैंमा सकियो । बैठकले विगतमा गरेका कामहरुको समीक्षा र आगामी कामको योजना बनाएको समेत तय गरेको थियो ।

केही वर्ष पहिला नेपाल भारतको सीमामा ६ हजार सीमा स्तम्भहरु गाडिएका थिए । तर समयको अन्तरालमा कति आफै भत्किए भने कति भारतीय पक्षबाट भत्काइए ।

२ देशबीचको प्राविधिकस्तरको उक्त संयन्त्रले २ देशको सीमा क्षेत्र छुट्याउन थप ८ हजार ५ सय ५४ सीमा स्तम्भ राख्ने निर्णय समेत गरेको थियो । तर ५ वर्षदेखि एउटा पिल्लर पनि थपिएनन बरु भएका सीमा स्तम्भहरु हटाउँदै नेपाली भूमि अतिक्रमण हुने काम जारी रह्यो ।

राष्ट्रियताको र राष्ट्रवादको राजनीतिक शैलीको चर्को आवाज र भाषण दिन सजिलो छ । अब बेला आएको छ हामी हाम्रो सम्मानमा कायम रहने बेला । अब झुकेर होइन डटेर मैदानमा उत्रिने बेला आएको छ । त्यसैले अब मन्त्रीज्यू नेपालको नक्सा सार्वजनिक गरेर नेपालीको र भावनालाई सम्मान गर्नुभएको छ । सार्वजनिक भएको नक्सालाई देश तथा विदेश र मन्त्री परिषद, संसद र जनस्तरबाट पनि एकमतमा अनुमोदन भएको छ ।

कागजी बाघमा सास हुँदैन भन्ने कुरा पनि सरकारको नेतृत्व गर्नुभएको तपाईंलाई पक्कै पनि ज्ञान छ । त्यसैले अब गुमेको जमीन व्यवहारमा पनि फिर्ता लिएर नेपाली झन्डा फहराउनु पर्ने आवस्यकता छ ।

ताकि अब नेपालीलाई आफ्नो भूमि गुम्छ कि भन्ने डरबाट मुक्त बनाउनुस् बल सरकार र हाम्रो भूमिसुधार तथा व्यवस्था मन्त्रीको कोटमा छ । फेरि पनि देश दुखेको बेला गुनगुनाउन नपरोस ‘हाम्रो देश हाम्रो भूमि प्राणभन्दा प्यारो छ ।’

यो बीचमा सप्तकोशी, गण्डकी र कर्णालीमा बगेको पानीभन्दा धेरै सीमा सम्बन्धी आश्वासनहरु आए तर माखो मरेन । प्रत्येक पटकका राष्ट्रवादी सरकार र तिनका प्रमुखहरुले आफ्नो खरो राष्ट्रवाद देखाउने थलोभन्दा अरु बनेन सिमानाका कुरा । त्यसैले अहिले उचित समय र अवस्था पनि त्यस्तै परेको छ ।

यो बेला थोरै मात्रै हिम्मत पद्यमा अर्यालले गर्नु पर्छ भन्ने लाग्छ । अनि पो बन्ने छ नेपालको इतिहास अनि बन्ने छ महिला हुनुमा गर्वानुुभूति । त्यसपछि भन्ने छन् महिला आधा आकाश होइन मात्रै होइन राष्ट्र निर्माणको सवै भन्दा सक्षम र सफल योद्धा पनि ।

तपाईको प्रतिक्रिया