सुत्केरी र गर्भवती महिलालाई राहत वितरण

समाधान संवाददाता
पोखरा, १८ जेठ
बन्दाबन्दीले समस्यामा परेका पोखरा–९ का ४२ सुत्केरी गर्भवती, असहाय र एकल महिलालाई ‘माइला कान्छा अभियान’बाट राहत वितरण गरिएको छ ।
टोल विकास संस्था वडा नं ९ समन्वय समितिका अध्यक्ष उत्तम श्रेष्ठको रोहबरमा अभियानकर्मी माया गुरुङ र पार्वती गुरुङले एक बोरा चामल र तेल गरेर ६५ हजार मूल्य बराबरको राहत सामग्री वितरण गरेका हुन् ।
युके निवासी माया र पार्वती गुरुङ नेपाल आएलगत्तै बन्दाबन्दीमा परेपछि समस्यामा परेका विपन्न परिवारलाई अभियानमार्फत राहत संकलन गरेर वितरण गर्दै आएका छन् ।
पोखरा महानगरपालिका— ९ स्थित प्रदर्शनी केन्द्रमा ३० जनालाई र राहत लिन आउन नसकेकालाई घरमै पु¥याएर सहयोग वितरण गरेको अभियानका एक सदस्य माया गुरुङले बताइन् । उनले भनिन्, ‘जीवनयापन सहज हुन सकिरहेको छैन, आपत् विपत्मा परेकाहरूको कष्टकर जीवनलाई देखेपछि हामीले सहयोग अभियान शुरु गरेका थियौं, यसमा निरन्तररूपमा युके निवासी सामाजिक व्यक्तिहरूले आर्थिक सहयोग गर्दै आएका छन् । हामी लक्षित वर्गसम्म पुगेर सहयोग गरिरहेका छौं ।’ उनले अहिलेको सहयोग युके निवासी इन्द्रकुमारी र शिवकुमारी गुरुङले संकलन गरेर ६५ हजार पठाएकोे जानकारी दिइन् ।
अभियानका अर्का सदस्य पार्वती गुरुङ मानवीय सेवा नै धर्म भएको बताउँछिन् । ‘कोरोना त्रासले मानवीय जीवन नै संकटमा पर्दैछ, रोगले भन्दा पनि भोकले मरिने समस्या देखिन थालेको छ । राहत वितरणमा हिँड्दा पनि उत्तिकै जोखिम छ । यो हाम्रो पाँचौँ चरणको अभियान हो । सकेको सहयोगमा जुटेका छौं,’ उनले भनिन् ।
राहत वितरणको समन्वय गरेकी कांग्रेस नेतृ सरस्वती गुरुङले अहिलेको जटिल अवस्था महिला सुत्केरी, गर्भवती, असहाय, अपांगता भएको व्यक्ति, एकल महिला बढी प्रभावित भएको बताइन् । महिलाको वास्तविक अवस्था महिलाले नै बुझ्न सक्ने भन्दै माइला कान्छा अभियानका माया र पार्वती गुरुङ विशेष धन्यवादको पात्र भएको उनले बताइन् । हालसम्म १५ लाख मूल्य बराबरको सहयोग गरेको अभियानले जनाएको छ ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया