नेपालको नक्सा परिवर्तनका लागि संविधान संसोधन सम्बन्धी प्रस्ताव पेश

समाधान संवाददाता २०७७ जेठ १८ गते ११:४६

नेपालका संविधान दोस्रो संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले संसदमा विधेयक प्रस्तुत गरेकी हुन्।

Advertisement

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गर्न थप समय मागेपछि रोकिएको प्रस्ताव आइतबार प्रस्तुुत भएको हो ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले शनिबार अबेर राति संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

सरकारले यही जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको नेपालको नक्सामा लिम्पियाधुरासहित समेटिने गरी संशोधन प्रस्ताव दर्ता गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया