अहिलेसम्म गण्डकी प्रदेशका ६ जिल्लाका २४ जनामा कोरोना संक्रमण

समाधान संवाददाता २०७७ जेठ १८ गते १२:१७

समाधान संवाददाता

गण्डकी प्रदेशका ६ जिल्लामा कोरोना संक्रमण भेटिएको छ । आइतबार मध्यान्ह १२ बजेसम्म प्रदेशभरका ११ मध्ये ६ जिल्लामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

गण्डकी प्रदेशको बागलुङ, स्याङजा, म्याग्दी, तनहुँ, नवलपुर र लमजुङका गरी अहिलेसम्म २४ जनामा कोरोना पुष्ट भएको छ ।

Advertisement

स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माका अनुसार बागलुङमा सबैभन्दा धेरै ८ जनामा कोरोना देखिएको छ । तीमध्ये २ जना घर फर्किसकेका छन् । बागलुङपछि स्याङजामा ७ जनामा कोरोना संक्रमण भेटिएको छ । तीमध्ये ५ जना वालिङ र २ जना गल्याङका हुन् ।

स्याङजाकी एक जना महिला संक्रमितको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । त्यसबाहेक नवलपुरका ६, लमजुङका १, म्याग्दीका १ र तनहुँका १ जनामा कोरोना पुष्टि भएको छ ।

Advertisement

तनहुँमा भने आज पहिलोपटक एक जनामा कोरोना देखिएको हो । तनहुँको ऋषिङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा आज बिहान कोरोना पुष्टि भएको हे ।

अहिलेसम्म भेटिएका संक्रमितमध्ये नवलपुरका ६ जनाको भरतपुर अस्पताल, लमजुङका १ जनाको जनस्वास्थ्य प्रयोगशाला टेकु र बाँकी १७ जनाको पोखरास्थित कोरोना परीक्षण प्रयोगशालामा स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको हो ।

तपाईको प्रतिक्रिया