रक्तश्रावले सिकिस्त गर्भवतीको हेलिकोप्टरमार्फत उद्दार
समाधान संवाददाता
२०७७ जेठ १८ गते १३:३४
समाधान संवाददाता
म्याग्दी अन्नपूर्ण गाउँपालिका ५ सिखकी एक गर्भवती महिलाको उद्दार भएको छ । निरन्तर रक्तश्राव भएपछि उनकाे थप उपचारका लागि हेली उद्दार मार्फत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइ पुर्याइएको हो ।
महिलाकाे स्वास्थ्य अवस्था सिकिस्त हुँदै गएको जानकारी प्राप्त भएपछि सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशमार्फत हेली उद्दार गरिएको मन्त्री नरदेवी पुनको सचिवालयले जनाएको छ ।
उनको पेटमा जुम्ल्याहा बच्चा भएकाले स्वास्थ्य चौकीमा उपचार सम्भव नहुने भएपछि पाेखरा लैजान स्थानीय स्वास्थ्यकर्मीले सुझाव दिएका थिए ।
महिलाको थप उपचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भइरहेको छ ।
दुर्गमका गर्भवती महिलालाई सुत्केरी हुन समस्या भएमा प्रदेश सरकारले हेली उद्दार गरी सुविधायुक्त अस्पतालमा ल्याउने गरिरहेकाे छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया