जन्मदिनको अवसरमा बृद्धहरुलाई खाद्यान्न बाँडे पौडेलले
समाधान संवाददाता
२०७७ जेठ १८ गते १७:५५
समाधान संवाददाता, पोखरा ।
पोखरा महानगर पालिकाका बरिष्ठ कानुन अधिकृत नारायण शर्मा पौडेलले आफ्नो जन्मदिन अवसरमा बृद्धाहरुलाई खाद्य समाग्री बितरण गरेका छन् ।
आइतबार पोखरा महानगर पालिका १४ स्थित बात्स्यायन बृद्धाश्रममा पुगेर उनले खाद्य सामाग्री बितरण गरेका हुन् ।
लकडाउनका कारण बृद्धाश्रममा सहयोग जुट्न असजिलो भएको बेलामा पौडेलले उपलब्ध गराएको सामाग्रीले ठुलो राहात मिलेको बृद्धाश्रमका अध्यक्ष बोधराज कार्कीले बताए ।
उनले चामल, दाल, तेल, मरमसला सहितका खाद्य सामाग्री एवं फेस मास्क बितरण गरेका थिए ।
सो अवसरमा बोल्दै बरिष्ठ कानुन अधिकृत शर्माले आफुलाई जन्म दिने बाबु आमालाई स्मरण गरेका थिए । ‘अहिले मलाई जन्म दिने बुबाआमा, दुवैको स्वर्गबास भ्रएको छ । यहाँ बस्नु भएका बुबा आमामा मेरै बुबा आमो स्वरुप देखेको छुु ।’ शर्माले भने ।
सम्बन्धित
तपाईको प्रतिक्रिया