तनहुँमा संक्रमित युवालाई जिपी अस्पतालको आइसोलेसन वार्डमा राखियो

समाधान संवाददाता २०७७ जेठ १८ गते १८:५३

राजन उपाध्याय, दुलेगौंडा,

Advertisement

तनहुँमा संक्रमित पुष्टि भएका २८ वर्षिय युवाको शुक्लागण्डकी नगरपालिका–५, झरौटामा रहेको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको आइसोलेसन कक्षमा राखिएको छ । उनलाई आइतवार दिउँसो व्यासको क्वारेन्टाइनबाट ल्याइएको हो ।

उनको अवस्था सामान्य रहेको अस्पतालका प्रमुख डा. रामकुमार श्रेष्ठले जानकारी दिए । उनी जेठ १० गते भारतबाट आएका थिए । सो अस्पतालमा १२ बेडको आसोलेसन बेड बनाइएको छ ।

Advertisement

ऋषिङ गाउँपालिका निवासी भएपनि उनी व्यास–१ स्थित आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए ।

तनहुँमा ३ सय ९० जनाको पिसिआर विधिबाट परीक्षण गरिएकोमा ३ सय २० जनाको नेगेटिभ र १ जनाको पोजिटिभ आएको हो । ६९ जनाको रिर्पोट आउन बाँकी छ ।

Advertisement

तपाईको प्रतिक्रिया