तनहुँमा संक्रमित युवालाई जिपी अस्पतालको आइसोलेसन वार्डमा राखियो
समाधान संवाददाता
२०७७ जेठ १८ गते १८:५३

राजन उपाध्याय, दुलेगौंडा,
तनहुँमा संक्रमित पुष्टि भएका २८ वर्षिय युवाको शुक्लागण्डकी नगरपालिका–५, झरौटामा रहेको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको आइसोलेसन कक्षमा राखिएको छ । उनलाई आइतवार दिउँसो व्यासको क्वारेन्टाइनबाट ल्याइएको हो ।
उनको अवस्था सामान्य रहेको अस्पतालका प्रमुख डा. रामकुमार श्रेष्ठले जानकारी दिए । उनी जेठ १० गते भारतबाट आएका थिए । सो अस्पतालमा १२ बेडको आसोलेसन बेड बनाइएको छ ।
ऋषिङ गाउँपालिका निवासी भएपनि उनी व्यास–१ स्थित आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए ।
तनहुँमा ३ सय ९० जनाको पिसिआर विधिबाट परीक्षण गरिएकोमा ३ सय २० जनाको नेगेटिभ र १ जनाको पोजिटिभ आएको हो । ६९ जनाको रिर्पोट आउन बाँकी छ ।
सम्बन्धित








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया