म्याग्दीका संक्रमितसँगै आएका ४ जना महानगरकाे क्वारेन्टाइनमा

पाेखरा
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बेपत्ता भनेका व्यक्तिहरु पाेखरा महानगपालिकाकाे क्वारेन्टाइनमा रहेकाे पाइएकाे छ ।
पाेखरा महानगरले आइतबार साँझ विज्ञप्ति निकालेर उनीहरु पाेखराकै क्वारेन्टाइनमा रहेकाे बताएकाे हाे ।
भैरहवाबाट एउटै बसमा आएकामध्ये म्याग्दीकाे मालिकाका १ जनामा काेराेना पाेजेटिभ देखिएपछि उनीसँगै आएकाेहरुकाे खाेजी गर्दा अहिले सम्पर्कमा नरहेकाे भन्दै प्रदेश स्वास्थ्य निर्देशनालयले सूचना जारी गरेकाे थियाे ।
जेठ ९ गते भैरहवाको नमुना माविको क्वारेन्टाइनमा बसेकाहरुलाई म्याग्दीसम्मका लागि लिएर छुटेको ना५ख २८९८ मा सवार म्याग्दीका १ काेराेना पाेजेटिभ देखिएपछि खैलाबैला मच्चिएकाे थियाे ।
सोही बसमा आएर पोखरा महानगरपालिकाको पुरानो बसपार्कमा ओर्लेका जोगिन्द्र दर्जी र खिमबहादुर परियार साथै सोही गाडीमा मुग्लिनबाट चढेका सुमन बस्नेत र सरिता पुन समेत पोखरा महानगरपालिकाको लेकसिटी बी क्वारेन्टाइनमा ९ गतेदेखि नै बस्दै आएकाे महानगरले जनाएकाे छ ।
उनीहरुकाे स्वास्थ्य अवस्था सामान्य छ । चारैजनाकाे पिसिआर परीक्षण गरिएकाे र रिपाेर्ट नेगेटिभ आएकाे महानगरले जनाएकाे छ ।








मदिरा सेवनपछि विवाद हुँदा पोखराको भद्रकालीमा साथीको हत्या, एक जना पक्राउ
एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया