बाँकेकाे ठुरियामा मध्यरातमा दुर्घटना, ११ काे ज्यान गयाे
समाधान संवाददाता
२०७७ जेठ १९ गते ५:३७
बाँके
बाँकेकाे राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा आइतबार राति गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको माइक्राे बस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो । घटना आइतबार राति सवा १२ बजेकाे हाे ।
दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेहरुको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । मृतक ११ जनाको शव भेरी अस्पतालमा पुर्याइएकाे छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया