गण्डकीमा १४ वर्षीय बालकसहित थप ३ जनामा कोरोना
समाधान संवाददाता
२०७७ जेठ १९ गते ८:३३

समाधान संवाददाता
गण्डकी प्रदेशमा थप ३ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
नवलपुरको कावासोती नगरपालिकाका ३६ र २२ वर्षका पुरुष तथा विनयत्रिवेणी गाउँपालिकाका १४ वर्षीय बालकमा पनि कोरोना देखिएको हो ।
संक्रमण पुष्टि भएका सबै स्थानीय पालिकाको क्वारेन्टाइनमा बसेकाहरु रहेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । अहिलेसम्म प्रदेशभरका ११ मध्ये ६ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।
प्रदेशको बागलुङ, स्याङजा, म्याग्दी, तनहुँ, नवलपुर र लमजुङका गरी अहिलेसम्म २७ जनामा कोरोना पुष्ट भएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया